Kathmandu Press

ब्यासमा प्रविधिमैत्री स्मार्ट बोर्डमार्फत पठनपाठन

तनहुँ, मंसिर ११ : तनहुँको व्यास नगरपालिका–१० दुम्सीस्थित शिव माध्यमिक विद्यालयमा प्रविधिमैत्री स्मार्ट बोर्डमार्फत विद्यार्थीलाई पढाउन थालिएको छ।  विद्यालयमा चक, डस्टर, ह्वाइट बोर्ड...
ब्यासमा प्रविधिमैत्री स्मार्ट बोर्डमार्फत पठनपाठन

तनहुँ, मंसिर ११ : तनहुँको व्यास नगरपालिका–१० दुम्सीस्थित शिव माध्यमिक विद्यालयमा प्रविधिमैत्री स्मार्ट बोर्डमार्फत विद्यार्थीलाई पढाउन थालिएको छ।  

विद्यालयमा चक, डस्टर, ह्वाइट बोर्ड र मार्करलाई विस्थापन गरेर प्रोजेक्टर, युपिएसको सहायताले ई–बुकमार्फत विद्यार्थीलाई पढाउन थालिएको हो। स्मार्ट बोर्डको प्रयोगबाट पढाउँदा सिकाइ दिगो, समयको बचत  र प्रभावकारी हुने विद्यालयका प्रधानाध्यापक तीर्थराज बर्देवा परियारले जानकारी दिए।

Hardik ivf

यस्तो बोर्डको प्रयोग सबैको स्वास्थ्यको लागि पनि राम्रो मानिन्छ। शिक्षक शिक्षिकाले चक डस्टर प्रयोग गर्दा लुगाकपडा धुलाम्यै हुने स्थिति पनि अन्त्य भएको उनले बताए।

कक्षा ६ देखि कक्षा १० सम्मका विद्यार्थीलाई प्रोजेक्टर युपिएसको प्रयोग पनि गरिएको छ। तालिम प्राप्त शिक्षक शिक्षिकाबाट शिक्षण सिकाइ थालिएपछि विद्यार्थीका लागि सहज हुनाका साथै उनीहरू उत्साहित पनि भएको प्रधानाध्यापक परियारले बताए।

व्यास नगरपालिका कार्यालयले सोलार प्यानल जडानका लागि दुई लाख विनियोजन गरेकाले विद्युत् भार कटौतीको समयमा पनि  समस्या नहुने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विकास रिजालले जानकारी दिए। विद्यालयमा हाल २५० विद्यार्थी अध्ययनरत छन्। (रासस)

प्रकाशित मिति: ०७:४७ बजे, शनिबार, मंसिर ११, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्