Kathmandu Press

सवारी दुर्घटनामा चार महिनामा १२ को मृत्यु

दमाैली, मंसिर १० : सवारी दुर्घटनामा परी तनहुँमा चार महिनामा १२ जनाको मृत्यु भएको छ। चालु आर्थिक वर्षको साउनदेखि कात्तिक मसान्तसम्म सवारी दुर्घटनामा परी...
सवारी दुर्घटनामा चार महिनामा १२ को मृत्यु

दमाैली, मंसिर १० : सवारी दुर्घटनामा परी तनहुँमा चार महिनामा १२ जनाको मृत्यु भएको छ। चालु आर्थिक वर्षको साउनदेखि कात्तिक मसान्तसम्म सवारी दुर्घटनामा परी १२ जनाको मृत्यु भएको हो। 

पृथ्वीराजमार्गका विभिन्न खण्डमा उक्त अवधिमा २७ वटा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक युवराज तिमिल्सिनाले जानकारी दिए। दुर्घटनामा परी ४० जना घाइते भएका थिए। 

Hardik ivf

सडकको भौगोलिक बनावट र खाल्डाखुल्डी पनि सडक दुर्घटनाको प्रमुख कारण रहेको प्रहरी नायब उपरिक्षक तिमिल्सिनाले बताए। 

पृथ्वीराजमार्ग अन्तर्गत कोत्रे, गाछेपानी, अकला, गुणादी, कमलबारी, नाहाला, विमलनगर, आँबुखैरेनीस्थित पावरहाउस बढी दुर्घटना हुने स्थानहरु हुन्। राजमार्गमा सवारी दुर्घटना न्यूनीकरणका लागि गत असोज ३ गतेदेखि राडर गनको प्रयोग थालनी गरिएको छ। 

यस अवधिमा प्रहरीले १५ हजार एक सय सवारी साधनलाई कारवाही गरेको छ। कारवाहीबाट रु एक करोड २२ लाख ७५ हजार राजश्व सङ्कलन भएको छ। सवारी दुर्घटना न्यूनीकरणका लागि चालकसँग एक मिनेट कार्यक्रम अन्तर्गत चार महिनाको अवधिमा दुई सय ७६ पटक कार्यक्रम सञ्चालन गर्दा २३ हजार आठ सय ९७ जना चालक लाभान्वित भएका छन्। 

सवारी दुर्घटना न्यूनीकरणका लागि पर्चा, पम्लेट वितरण गरिएको छ भने ४३ वटा कक्षा सञ्चालन गर्दा सात हजार ६४० लाभान्वित भएको प्रहरीले जनाएको छ। प्रहरीले सरकारी कार्यालयका सवारी चालकलाई पनि प्रशिक्षण दिन थालेको छ।

प्रकाशित मिति: २१:१४ बजे, शुक्रबार, मंसिर १०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्