Kathmandu Press

पाल्पामा दाउरा प्रहार गरी आमाको हत्या

पाल्पा, मंसिर १० : पाल्पामा जेठो छोरोले आमाको हत्या गरेका छन्। पाल्पा रिब्दीकोट गाउँपालिका–८ पलाचौरका ४३ वर्षीय कृष्णबहादुर सारुले आमा ६२ वर्षीय मेनु...
पाल्पामा दाउरा प्रहार गरी आमाको हत्या
Hardik ivf

पाल्पा, मंसिर १० : पाल्पामा जेठो छोरोले आमाको हत्या गरेका छन्। पाल्पा रिब्दीकोट गाउँपालिका–८ पलाचौरका ४३ वर्षीय कृष्णबहादुर सारुले आमा ६२ वर्षीय मेनु सारुलाई सालको चिर्पट दाउराले शरीरको विभिन्न भागमा प्रहार गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ। 

मदिरा सेवन गरेका कृष्णबहादुरले आमालाई दाउराले प्रहार गरी मारेको तथ्य प्राप्त भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी रामेश्वर त्वातीले बताए। छोरा कृष्णबहादुर सारुलाई प्रहरीले पक्राउ गरी आवश्यक कारवाही अगाडि बढाइएको उनले जानकारी दिए।

प्रकाशित मिति: २०:५० बजे, शुक्रबार, मंसिर १०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्