Kathmandu Press

पहिरोले घर पुरियो, वेपत्ता वृद्धकाे मोबाइलमा फोन जाँदै

पर्वत, भदौ ५ : आज बिहान गएको पहिरोले पर्वतको कुश्मा–२ खुर्कोटमा एक घर पुरिएको छ। घरमा रहेका एक बृद्ध वेपत्ता भएका छन्।

जिल्ला प्रहरी क....

पहिरोले घर पुरियो, वेपत्ता वृद्धकाे मोबाइलमा फोन जाँदै

पर्वत, भदौ ५ : आज बिहान गएको पहिरोले पर्वतको कुश्मा–२ खुर्कोटमा एक घर पुरिएको छ। घरमा रहेका एक बृद्ध वेपत्ता भएका छन्।

जिल्ला प्रहरी कार्यालयका अनुसार, आज बिहान ६ बजे पहिरो गएको हो। छिमेकी बिउझिएपछि मात्रै पहिरो गएको थाहा पाइएको थियो।

घरमा ७० वर्षीय रेमबहादुर चालिसे रहेका थिए। उनी सम्पर्कविहीन छन्। उनको मोबाइलमा भने फोन गइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक श्याम अर्यालले बताए। ‘उनी पहिरोमा पुरिएका हुन या बाहिर कतै गएका छन भन्ने यकिन छैन,’ अर्यायलले भने।

उनका दुई छोरा गाउँ बाहिर थिए। उनी पत्नी पनि हिजै छोरीको घर गएको स्थानीय बासिन्दाले बताएका छन्। घरमा उनी एक्लै थिए। उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।

आज बिहान करिब २५ मिटरमाथिबाट पहिरो आएको हो। पहिरोले दुईतले घर पुरिएको छ।

प्रहरीको टोली घटनास्थलमा पुगेको छ। स्थानीय बासिन्दा र सुरक्षाकर्मीले घटनास्थलमा खोजी गरिरहेका छन्।

प्रकाशित मिति: ११:२० बजे, बिहीबार, भदौ ५, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्