Kathmandu Press

सातदोबाटोसँग हार्‍यो उपाधि दाबेदार थ्री स्टार

काठमाडौं, मंसिर १० : यसै सिजन ‘ए’ डिभिजन लिगमा बढुवा भएको सातदोबाटो युथ क्लब सनसनीपूर्ण प्रदर्शन गरेको छ। पहिलो खेलमा फ्रेन्ड्स क्लबलाई बराबरीमा रोकेको सातदोबाटोले...
सातदोबाटोसँग हार्‍यो उपाधि दाबेदार थ्री स्टार

काठमाडौं, मंसिर १० : यसै सिजन ‘ए’ डिभिजन लिगमा बढुवा भएको सातदोबाटो युथ क्लब सनसनीपूर्ण प्रदर्शन गरेको छ। 

पहिलो खेलमा फ्रेन्ड्स क्लबलाई बराबरीमा रोकेको सातदोबाटोले शुक्रबार दशरथ रंगशालामा भएको खेलमा उपाधि दाबेदार थ्री स्टार क्लबलाई १–०ले स्तब्ध बनायो। 

लिगको दोस्रो चरणको पहिलो खेलमा सातदोबाटोलाई जित दिलाउन सुदीप गुरुङले निर्णायक गोल गरे । उनले ३० औं मिनेटमा अजयी मार्टिनको पासमा गोल गरेका थिए। 

खेलमा सातदोबाटोले अधिकांश समय थ्री स्टारलाई दबाबमा राखेको थियो। दुवै केही उत्कृष्ट प्रहार गोलकिपरले क्लियर गरेका थिए।  

जितपछि सातदोबाटो २ खेलबाट ४ अंक जोड्दै शीर्ष स्थानमा उक्लिएको छ। थ्रीस्टारको २ खेलबाट ३ अंक छ। उसले पहिलो खेल च्यासल युथ क्लबलाई हराएको थियो।

प्रकाशित मिति: १७:२० बजे, शुक्रबार, मंसिर १०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्