देशभरिमा थपिए २७० कोरोना संक्रमित, ३०२ जना निको, २ काे मृत्यु
काठमाडौं, मंसिर १० : पछिल्लो २४ घण्टामा थप ३ समय ८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, ७...
काठमाडौं, मंसिर १० : पछिल्लो २४ घण्टामा थप २ समय ७० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ८ सय २९ जनाको पिसिआर परीक्षण गर्दा २४२ जना र २ हजार ६ सय १७ जनाको एन्टिजेन परीक्षण गर्दा २८ जना गरी २७० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो।
यस्तै गत २४ घण्टामा कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको छ भने ३ सय २ जना निको भएका छन्।
अहिलेसम्म नेपालमा कोरोना संक्रमितको कुल संख्या ८ लाख २० हजार ५ सय २७ पुगेको छ। योसँगै नेपाल मृत्यु हुनेको संख्या ११ हजार ५१८ पुगेको छ भने ८ लाख १ हजार ७ सय २२ जना संक्रमणमुक्त भएका छन् ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ७ हजार २ सय ८७ जना रहेको मन्त्रालयले जनाएको छ। जसमध्ये ६ हजार ८ सय ९६ जना होम आइसोलेसनमा रहेका छन् भने ३ सय ९१ जना संस्थागत आइसोलेसनमा छन्।
कोरोनाका बिरामीमध्ये १ सय ७५ जना आईसीयू र ३३ जना भेन्टिलेटरमा उपचाररत छन्।












