Kathmandu Press

आठ प्रहरी उपरीक्षकलाई दर्ज्यानी चिह्न

काठमाडौं, मंसिर १० : नेपाल प्रहरीको जनपद समूहतर्फ बढुवा हुनुभएका आठ प्रहरी उपरीक्षकलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ। प्रहरी प्रधान कार्यालयमा आज आयोजित समारोहबीच...
आठ प्रहरी उपरीक्षकलाई दर्ज्यानी चिह्न

काठमाडौं, मंसिर १० : नेपाल प्रहरीको जनपद समूहतर्फ बढुवा हुनुभएका आठ प्रहरी उपरीक्षकलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ। प्रहरी प्रधान कार्यालयमा आज आयोजित समारोहबीच उनीहरुलाई निमित्त प्रहरी महानिरीक्षक नीरजबहादुर शाहीले दर्ज्यानी चिह्नबाट सुशोभन गरे। 

बढुवा हुने प्रहरी अधिकृतमा जनकबहादुर शाही, रामेश्वर कार्की, चक्रराज जोशी, अर्जुनप्रसाद तिमिल्सिना, रामहरि पाण्डे, लक्ष्मीराज अधिकारी, रमेश पण्डित र अर्जुन रानाभाट छन्।

Hardik ivf

नेपाल सरकार, गृह मन्त्रालय सचिवस्तरको २०७८ साल मङ्सिर ९ गतेको निर्णयबाट उहाँहरू प्रहरी नायब उपरीक्षकबाट प्रहरी उपरीक्षकमा पदोन्नति भएका हुन्। 

उक्त अवसरमा निमित्त प्रहरी महानिरीक्षक शाहीले सङ्गठनको महत्वपूर्ण जिम्मेवारी सम्हाल्न पुगेकामा उहाँहरुलाई बधाई दिँदै नयाँ जिम्मेवारी तथा पदीय गरिमालाई कायम राख्न उच्च मनोबलका साथ कार्यसम्पादन गर्न निर्दशेन दिए। पदोन्नतिसँगै प्राप्त जिम्मेवारीलाई नेपाल सरकार र प्रहरी सङ्गठनको नीति निर्देशनअनुसार बहन गर्नुपर्नेमा उनको जोड थियो।

उनले सङ्गठनको श्रीवृद्धिका लागि सबै प्रहरी कर्मचारीको भूमिका महत्वपूर्ण हुने भएकाले कानुनले उपलब्ध गरेको अधिकार र दायित्वलाई कायम राखी नागरिकको सेवामा समर्पित हुन पनि आग्रह गरे।

उक्त अवसरमा पदोन्नति भएका अधिकृतका तर्फबाट  प्रहरी उपरीक्षक जनकबहादुर शाहीले नयाँ जिम्मेवारीलाई व्यावसायिक निष्ठा र इमानदारीका साथ उत्कृष्ट ढङ्गले कार्यसम्पादन गर्ने प्रतिबद्धता व्यक्त गरे।

समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षक विश्वराज पोखरेल, वरिष्ठ प्रहरी अधिकृतलगायतको उपस्थिति थियो। 

प्रकाशित मिति: १६:३४ बजे, शुक्रबार, मंसिर १०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्