Kathmandu Press

आउँदो चुनावपछि एमालेको सरकार बन्छ र बाँकी विकासका काम पूरा गर्छ : ओली

काठमाडाैं, मंसिर  १० : एमाले अध्यक्ष केपी ओलीले आउँदो चुनावपछि एमालेको सरकार बन्ने बताएका छन्। चितवनस्थित नारायणी नदी किनारमा आज एमाले दसौं महाधिवेशनको उद्घाटन...
आउँदो चुनावपछि एमालेको सरकार बन्छ र बाँकी विकासका काम पूरा गर्छ : ओली

काठमाडाैं, मंसिर  १० : एमाले अध्यक्ष केपी ओलीले आउँदो चुनावपछि एमालेको सरकार बन्ने बताएका छन्। 

चितवनस्थित नारायणी नदी किनारमा आज एमाले दसौं महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले अब एमालेको सरकार बनेपछि बाँकी रहेका विकास निर्माणका काम अगाडि बढाएर समृद्ध नेपाल सुखी नेपालको सपनालाई सार्थ तुल्याउने अभिभारा पूरा गर्ने बताए। 

Hardik ivf

‘स्थानीय तहको निर्वाचनमा ५० प्रतिशतभन्दा बढी स्थानमा एमालेले हासिल गर्नेछ,’ उनले भने, ‘यस कामका लागि म सबैलाई धन्यपवाद दिन चाहन्छु, जो एमालेका नीति तथानन कायृक्रम मन पराएर दैनिक रुपमा एमालेमा प्रवेश गरिरहनुभएको छ।’

आज मौका मिल्ने हो भने आज धेरैजान प्रवेश गर्ने उनले बताए तर महाधिवेशनको मञ्च भएर त्यो मौका नमिलेको उनले बताए। ‘यहाँ सम्भव छैन, उपयुक्त छैन तर अब लगातार यो पार्टीमा हिउँदभरि फगुनसम्म पार्टी पैवेश अभियन देशभरि चल्दै जानेछ।’

प्रकाशित मिति: १६:०५ बजे, शुक्रबार, मंसिर १०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्