Kathmandu Press

प्रधानमन्त्री ओली उपचारका लागि आज सि‌ंगापुर जाँदै

काठमाडौं, भदौ ५ : प्रधानमन्त्री केपी शर्मा ओली उपचारका लागि आज सिंगापुर जाँदै छन्।

प्रधानमन्त्री ओली केही दिन अघि सिंगापुरमै स्वास्थ्य परीक्....

प्रधानमन्त्री ओली उपचारका लागि आज सि‌ंगापुर जाँदै
फाइल फोटो

काठमाडौं, भदौ ५ : प्रधानमन्त्री केपी शर्मा ओली उपचारका लागि आज सिंगापुर जाँदै छन्।

प्रधानमन्त्री ओली केही दिन अघि सिंगापुरमै स्वास्थ्य परीक्षण गरेर फर्किएका थिए। स्वदेश फर्किएको दश दिनमै फेरि सिंगापुर जान लागेका हुन्। तर, प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे केही खुलाएको छैन। मन्त्रिपरिषद तथा प्रधानमन्त्रीको सचिवालयले यसबारे आधिकारिक जानकारी दिएको छैन।

उनको सिंगापुरस्थित नेसनल युनिभर्सिटी हस्पिटलमा स्वास्थ्य परीक्षण हुने जनाएको छ। यस अघि पनि सोही अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको थियो।

प्रधानमन्त्री ओलीको १२ वर्ष अघि भारतमा मिर्गौला पत्यारोपण भएको थियो। त्यसयता नियमित स्वास्थ्य परीक्षण गराउँदै आएका थिए।

उनी यस अघि साउन १८ गते सिंगापुर गएका थिए। नौ दिन उपचार पछि साउन २७ मा फर्किएका थिए।

स्वदेश फर्किएको केही दिनमा समस्या देखिएको जनाएको छ। जसले गर्दा उनी फेरि सिंगापुर जान लागेका हुन्।

उनी आज मध्याह्न १ बजे सिंगापुर प्रस्थान गर्नेछन्।

याे पनि पढ्नुस् :

‘फेरि मिर्गौला प्रत्यारोपण गर्दा शरीरले थेगे प्रधानमन्त्री २५ वर्ष मज्जाले बाँच्न सक्नुहुन्छ’

प्रकाशित मिति: १०:१२ बजे, बिहीबार, भदौ ५, २०७६