महाधिवेशनका कारण नारायणगढ क्षेत्रमा सवारी आवागमन ठप्प
चितवन, मंसिर १० : एमाले १०औं राष्ट्रिय महाधिवेशन उदघाटन समारोह केहीबेरमा सुरू हुँदैछ।यतिखेर विभिन्न बाजागाजा, झण्डा, ब्यानर लिएर सांस्कृतिक झाँकीहरूसहित विभिन्न स्थानबाट जुलुस...
चितवन, मंसिर १० : एमाले १०औं राष्ट्रिय महाधिवेशन उदघाटन समारोह केहीबेरमा सुरू हुँदैछ।
यतिखेर विभिन्न बाजागाजा, झण्डा, ब्यानर लिएर सांस्कृतिक झाँकीहरूसहित विभिन्न स्थानबाट जुलुस निस्किने क्रम जारी छ।
जुलुसका कारण नारायणगढ क्षेत्रमा सवारी आवागमन ठप्प छ। जुलुसमा सहभागी हुने नेता–कार्यकर्ता र महाधिवेशनको रौनक अवलोकन गर्न आएका मानिसहरुको भिडले नारायणी पुलमा सवारी जाम भएको छ।
सो स्थानमा अत्यावश्यक सवारीमा पर्ने एम्बुलेन्ससमेत केहीबेर जाममा परेको बताइएको छ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गतको नारायणगढ खण्ड र नारायणगढको मुख्य बजार क्षेत्रभित्र अत्यावश्यकबाहेकका सबै सवारी साधनलाई आज साँझ ५ बजेसम्मै प्रवेशमा रोक लगाइएको छ।
तथापि स्थानीय प्रशासनले आफूहरूसँग कुनै छलफल नै नगरी सवारी साधनमा रोक लगाएको भन्दै सवारी चल्न पाउनुपर्ने बताएको थियो।
प्रकाशित मिति: १२:५३ बजे, शुक्रबार, मंसिर १०, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












