Kathmandu Press

एमाले महाधिवेशनः सांस्कृतिक प्रस्तुति

चितवन, मंसिर १०ः नेकपा (एमाले)को १० औँ राष्ट्रिय महाधिवेशन उद्घाटन हुनुअघि नारायणी किनारमा निर्मित विशेष मञ्चमा राष्ट्रिय जातजातिगत सांस्कृतिक कला र धून प्रस्तुति...
एमाले महाधिवेशनः सांस्कृतिक प्रस्तुति

चितवन, मंसिर १०ः नेकपा (एमाले)को १० औँ राष्ट्रिय महाधिवेशन उद्घाटन हुनुअघि नारायणी किनारमा निर्मित विशेष मञ्चमा राष्ट्रिय जातजातिगत सांस्कृतिक कला र धून प्रस्तुति सुरु भएको छ ।

विभिन्न ठाउँबाट झाँकी र ¥यालीसहित एकीकृत जनसमुदायका उपस्थितिमा शङ्ख र घण्ट बजाएर सांस्कृतिक कार्यक्रम सुरु भएको छ । 
    
पाँच लाखभन्दा बढी जनसहभागिता हुने भनिएको महाधिवेशनमा दुई हजार १७५ प्रतिनिधि र १०३ जना परिवेक्षक सहभागी हुनेछन् । उद्घाटन सत्रमा पाँच हजार स्वयंसेवक परिचालन हुनेछन् । 

Hardik ivf

महाधिवेशनमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित विभिन्न दलका नेताले शुभकामना सम्बोधन गर्ने कार्यक्रम छ । सभामा बङ्गलादेश, श्रीलङ्का, कम्बोडियालगायतका देशबाट राजनीतिक दलका प्रतिनिधि आउनेछन्। चिनियाँ कम्युनिष्ट पार्टीको भिडियो सन्देश प्राप्त भएको छ भने विभिन्न देशका राजनीतिक दलका शुभकामना सन्देश प्राप्त भएका जनाइएको छ । 

‘जनताको बहुदलीय जनवादलाई सुदृढ गर्दै त्यसको मार्ग निर्देशनमा समाजवादको आधार निर्माण गरौँ’ भन्ने नारा एमालेले अघि सारेको छ । नयाँ नेतृत्वका लागि आयोजित महाधिवेशनको बन्दसत्र सौराहामा हुनेछ।

प्रकाशित मिति: १२:२० बजे, शुक्रबार, मंसिर १०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्