Kathmandu Press

मनकामना मन्दिरका पुजारी बज्राचार्यको हृदयाघातबाट मृत्यु

गोरखा,  मंसिर १०ः गोरखाको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरमा पर्व पूजाका लागि गुठी संस्थानबाट खटिएर आएका एक गुर्जु (पुजारी) को हृदयाघातबाट मृत्यु भएको छ। हरेक...
मनकामना मन्दिरका पुजारी बज्राचार्यको हृदयाघातबाट मृत्यु
Hardik ivf

गोरखा,  मंसिर १०ः गोरखाको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरमा पर्व पूजाका लागि गुठी संस्थानबाट खटिएर आएका एक गुर्जु (पुजारी) को हृदयाघातबाट मृत्यु भएको छ। 

हरेक वर्षमा दुई पटक मनकामना मन्दिरमा लाग्ने पर्व पूजाका लागि आएका काठमाडौँ महानगरपालिका–४  का रत्नराज बज्राचार्यको हृदयाघातबाट गए राति निधन भएको  मनकामनाका स्थानीय दिनेश जोशीले जानकारी दिए । पुजारी बज्राचार्यको राति १० बजे स्वास्थ्यमा समस्या आएको र केही क्षणमा नै मृत्यु भएको जोशीले बताए। 

घटनाको जानकारी पाएलगत्तै प्रहरीको एकटोली अनुसन्धानका लागि मनकामना पुगेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले जानकारी दिए। 

प्रकाशित मिति: १२:१७ बजे, शुक्रबार, मंसिर १०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्