Kathmandu Press

विश्वकप छनोटः मलेसियाविरुद्धको खेलमा नेपालले पहिला बलिङ गर्दै

काठमाडौँ, मंसिर १०ः संयुक्त अरब इमिरेट्स (युएई) मा जारी आइसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटअन्तर्गत नेपालले आज मलेसियाविरुद्धको खेलमा पहिले बलिङ गर्ने भएको...
विश्वकप छनोटः मलेसियाविरुद्धको खेलमा नेपालले पहिला बलिङ गर्दै

काठमाडौँ, मंसिर १०ः संयुक्त अरब इमिरेट्स (युएई) मा जारी आइसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटअन्तर्गत नेपालले आज मलेसियाविरुद्धको खेलमा पहिले बलिङ गर्ने भएको छ ।

दुबईको आइसीसी एकेडेमी मैदानमा कप्तान रुविना क्षेत्री बेलबासेले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएपछि नेपालले पहिला बलिङ गर्ने भएको हो । ग्लोबल छनोटको सम्भावना कायमै राख्नका लागि नेपालले आज मलेसियाविरुद्धको खेल जित्नै पर्ने बाध्यता छ । छनोटअन्तर्गत यसअघि खेलिएका तीन खेलमध्ये नेपालले दुई खेलमा जित तथा एक खेलमा हार बेहोरेको छ । 

नेपाल पहिलो खेलमा हङहङसँग छ विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा नेपालले भुटानलाई आठ विकेटले पराजित गरेको थियो । त्यस्तै तेस्रो खेलमा नेपालले कुवेतलाई ९ विकेटले पराजित  गरेको थियो । नेपालको चार अङ्क छ । यता मलेसियाले भने तीन खेलमध्ये एक खेलमा जित हात पारेको छ । मलेसियाको दुई अङ्क छ । 

प्रकाशित मिति: १२:०९ बजे, शुक्रबार, मंसिर १०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्