Kathmandu Press

पर्वतको मोदीमा घरेलु उत्पादनको प्रदर्शनी  

पर्वत, मंसिर १०ः मोदी गाउँपालिकाले उद्योग दिवसको अवसर पारेर गाउँपाालिकास्तरीय स्थानीय घरेलु उत्पादनको प्रदर्शनी कार्यक्रम सञ्चालन गरेको छ। गाउँपालिकाले जिल्लाको सबैभन्दा होचो मोदीखोलाको...
पर्वतको मोदीमा घरेलु उत्पादनको प्रदर्शनी  

पर्वत, मंसिर १०ः मोदी गाउँपालिकाले उद्योग दिवसको अवसर पारेर गाउँपाालिकास्तरीय स्थानीय घरेलु उत्पादनको प्रदर्शनी कार्यक्रम सञ्चालन गरेको छ। गाउँपालिकाले जिल्लाको सबैभन्दा होचो मोदीखोलाको सतहदेखि सबैभन्दा अग्लो हम्पालसम्म उत्पादन भएका घरेलु, कृषि, पशु तथा अन्य उद्यमको प्रदर्शनी गरेको हो।

यही मङ्सिर ९ देखि ११ गतेसम्म सञ्चालन हुने गरी आयोजना गरिएको प्रदर्शनीमा विभिन्न २० भन्दा बढी कक्षमा स्थानीय उत्पादन, खानाका परिकार, घरबासको आतिथ्यता, स्थानीय संस्कृति झल्किने गरी प्रदर्शनी राखिएको छ। 

Hardik ivf

जिल्लाका सबैभन्दा धेरै घरबास सञ्चालन रहेको उक्त गाउँपालिकाको चित्रे, भुक, क्याङ, लेस्पार, देउरालीलगायतका स्थानबाट स्थानीय संस्कृतिसहितको घरबास झल्किने गरी खाना तथा परिकार प्रदर्शनीस्थलमा राखिएको छ भने उच्च भूभागमा उत्पादन हुने अल्लोका कपडा, नेपाली कागजबाट बनेका विभिन्न सामग्री प्रदर्शनीमा आकर्षणका रूपमा राखिएको छ।

तीन दिनसम्म सञ्चालन हुने उक्त प्रदर्शनी विशेषगरी स्थानीय उत्पादनको प्रचारप्रसार र उद्यमीलाई प्रोत्साहन दिलाउने उद्देश्यले आयोजना गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत किसनबहादुर क्षेत्रीले बताए। 

प्रदर्शनीको उद्घाटन गर्दै गाउँपालिकाका अध्यक्ष प्रेम पौडेलले गाउँपालिकालाई समृद्ध बनाउनका लागि स्थानीय उत्पादनको बजारीकरण र प्रवद्र्धन महत्वपूर्ण रहेको जानकारी दिँदै गाउँपालिकाले त्यो लक्ष्य प्राप्ति गर्नका लागि प्रदर्शनीको आयोजना गरिएको बताए। 

प्रकाशित मिति: ०९:२३ बजे, शुक्रबार, मंसिर १०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्