‘एमाले दसाैं महाधिवेशनको तयारी अन्तिम चरणमा’
चितवन, मंसिर ९ : एमालेको १०औं राष्ट्रिय महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ।प्रेस चौतारी नेपाल चितवन शाखाले आज आयोजना गरेको पत्रकार सम्मेलनमा पार्टीका प्रचार...
चितवन, मंसिर ९ : एमालेको १०औं राष्ट्रिय महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ।
प्रेस चौतारी नेपाल चितवन शाखाले आज आयोजना गरेको पत्रकार सम्मेलनमा पार्टीका प्रचार विभाग प्रमुख योगेश भट्टराईले तयारी ९५ प्रतिशत पूरा भएको र रातिसम्ममा पूर्ण रूपमा हुने जानकारी दिएका हुन्।
नारायणगढस्थित नारायणी नदी किनारमा उद्घाटन सत्रका लागि स्टेजसहितको तयारी गरिएको छ। भट्टराईले दिउँसो ३ बजेको पत्रकार सम्मेलनमा भने, ‘म बोल्दै गर्दा ९५ प्रतिशत काम सम्पन्न भएको छ। ५ प्रतिशत फिनिसिङका काम मात्र बाँकी छ। रातिसम्म सम्पूर्ण काम सकिन्छ।’ उद्घाटन सत्रमा पाँच लाखभन्दा बढी सहभागी हुने उनको भनाइ थियो।
महाधिवेशनको बन्दसत्रका लागि प्रतिनिधि र स्वयंसेवक अट्ने गरी हल निर्माणको कार्य भइरहेको, आवास र खानाको सम्झौता गरिएको उनले जानकारी दिए।
प्रकाशित मिति: १८:०९ बजे, बिहीबार, मंसिर ९, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












