सरकारकै कारण राजतन्त्र पुनःस्थापना हुने खतरा छ : अध्यक्ष केसी
काठमाडौं, भदौ ४ : राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेपालमा राजतन्त्र पुनःस्थापना हुन सक्ने खतरा रहेको बताएका छन्।
....

काठमाडौं, भदौ ४ : राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेपालमा राजतन्त्र पुनःस्थापना हुन सक्ने खतरा रहेको बताएका छन्।
पार्टीको साउन ३१ र ३२ गते बसेको केन्द्रीय समिति बैठकका निर्णय सार्वजनिक गर्न बुधबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष केसीले केसीले धर्मनिरपेक्षता समाप्त भए नेपाल हिन्दूराष्ट्र घोषणा हुने र त्यसका आधारमा राजतन्त्र पुनःस्थापना हुन सक्ने खतरा रहेको बताए।
उनले सरकारप्रति बढ्दो वितृष्णाका कारण गणतन्त्रप्रति पनि विरोध बढेर जाने सम्भावना रहेको बताए। उनले केपी शर्मा ओली नेतृत्वको सरकारले सही प्रकारले काम गर्न नसकेको आरोप लगाए। २०६२–०६३ सालको संयुक्त जनआन्दोलनका मुख्य उपलब्धि गणतन्त्र, राष्ट्रियता र धर्मनिरपेक्षताविरुद्ध गम्भीर खतरा उत्पन्न भएको केसीको निष्कर्ष छ।
संघीयता अहिले सबैलाई भालुको कंचड भएको बताउँदै अध्यक्ष केसीले आफ्नो पार्टीले संघीयताविरोधी काम जारी राख्ने स्पष्ट पारे। ‘संघीयता विद्यार्थीको भरमा भएको हुँदा हामीले विरोधको तयारीका लागि विद्यार्थीहरुलाई मुख्य रुपमा जोड दिएका छौं, तर संविधानको विरोधमा हामी छैनाैं,’उनले भने।
कतिपय वामपन्थी दलहरुको गणतन्त्र र संविधानको विरुद्धका नीति र गतिविधिले प्रतिगमनलाई नै मद्दत पुग्ने राष्ट्रिय जनमोर्चाको ठहर छ। उसले संघीयताले नेपालको राष्ट्रियता, राष्ट्रिय एकता, अखण्डता र सार्वभौम सत्तामाथि नै खतरा रहेको पनि औंल्याएको छ।











-1784808429.png)