Kathmandu Press

एमाले महाधिवेशन बन्दसत्रमा विदेशी  पाहुनालाई पनि सम्बोधन गर्न दिइने 

काठमाडौं, मंसिर ९ : एमालेको दसौं महाधिवेशनको शुक्रबार उद्घाटन भई शनिबार हुने बन्द सत्रमा विदेशी पाहुनाहरूलाई पनि सम्बोधन गर्न दिइने भएको छ।चितवनमा आज आयोजित...
एमाले महाधिवेशन बन्दसत्रमा विदेशी  पाहुनालाई पनि सम्बोधन गर्न दिइने 

काठमाडौं, मंसिर ९ : एमालेको दसौं महाधिवेशनको शुक्रबार उद्घाटन भई शनिबार हुने बन्द सत्रमा विदेशी पाहुनाहरूलाई पनि सम्बोधन गर्न दिइने भएको छ।

चितवनमा आज आयोजित पत्रकार सम्मेलनमा प्रचार विभाग प्रमुख योगेश भट्टराईले त्यसबारे जानकारी दिएका हुन्।

एमालेले विभिन्न देशका पार्टीलाई महाधिवेशनमा अतिथिका रूपमा सहभागी हुन निम्तो दिएको छ।

शुक्रबार उद्घाटनपछि प्रतिनिधिको परिचयत्र वितरण हुने भट्टराईले बताए। शनिबार बन्दसत्रमा उम्मेदवारी दर्ता र अन्तिम सूची प्रकाशन हुनेछ।

उद्घाटन कार्यक्रममा ५ हजार स्वयंसेवक खटिने उनले जानकारी दिए। एमालेको महाधिवेशन स्थलवरपर गाडी चल्न नपाउने भनेर गलत प्रचार भएको उनले बताए। उनले मान्छेको हिँडडुल र सवारी अवागमनका कुनै अवरोध नहुने स्पष्ट पारे।

प्रकाशित मिति: १५:५० बजे, बिहीबार, मंसिर ९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्