Kathmandu Press

साहित्यकार निहारिकाद्वारा अक्षयकोष स्थापना

काठमाडौं, मंसिर ९ : साहित्यकार नीलम कार्की ‘निहारिका’ले पाल्पाको भवानी माध्यमिक विद्यालय कुसुमखोलामा २ लाख रूपैयाँबराबरको अक्षयकोष स्थापना गरेकी छन्।उनले आफूले प्राप्त गरेको पद्मश्री...
साहित्यकार निहारिकाद्वारा अक्षयकोष स्थापना

काठमाडौं, मंसिर ९ : साहित्यकार नीलम कार्की ‘निहारिका’ले पाल्पाको भवानी माध्यमिक विद्यालय कुसुमखोलामा २ लाख रूपैयाँबराबरको अक्षयकोष स्थापना गरेकी छन्।

उनले आफूले प्राप्त गरेको पद्मश्री पुरस्कारको दुई लाख राशिबाट विद्यालयमा कोष स्थापना गरेकी हुन्।

अक्षयकोषको ब्याज रकमबाट हरेक वर्ष माध्यामिक शिक्षा परीक्षा (एसइई) मा उत्कृष्ट विद्यार्थीलाई पुरस्कार दिइने गरी उनले सासूआमाको स्मृतिमा ‘मानकुमारी स्मृति अक्षयकोष’को स्थापना गरेकी हुन्।

विद्यालयमा अक्षयकोष स्थापना गरी रकम सहयोग गरिदिएकामा प्रधानाध्यापक रुद्रप्रसाद आचार्यले उनलाई धन्यवाद दिएका छन्।

प्रकाशित मिति: १५:१७ बजे, बिहीबार, मंसिर ९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्