Kathmandu Press

कुवतमाथि नेपाली महिला टिमको सानदार जित

काठमाडाैं, मंसिर ९ : आईसीसी महिला टी–२० विश्वकप एसियन छनोटमा नेपाली महिला टिमले सानदार जित निकालेको छ । बिहीबार दुबईमा भएको खेल नेपालले...
कुवतमाथि नेपाली महिला टिमको सानदार जित

काठमाडाैं, मंसिर ९ : आईसीसी महिला टी–२० विश्वकप एसियन छनोटमा नेपाली महिला टिमले सानदार जित निकालेको छ । बिहीबार दुबईमा भएको खेल नेपालले कुवेतमाथि ९ विकेटको जित निकाल्दै दोस्रो जित हात पारेको हो।

पहिला कुवेतले दिएको २८ रनको सामान्य लक्ष्य नेपालले ३.३ ओभरमा एक विकेट गुमाएर पूरा गर्‍यो। नेपालको जितमा इन्दु बर्माले १३ र कप्तान रुविना क्षेत्रीले १२ रन जोडिन्। कुवेतका लागि मारिया जस्वीले एक विकेट लिइन्।

Hardik ivf

यसअघि दुबईको आईसीसी एकेडेमी ग्राउन्डमा टस जितेर पहिले ब्याटिङ गरेको कुवेत १५.४ ओभरमा अलआउट हुँदै २७ रन जोडेको थियो।

कुवेतका लागि प्रियादा मुरालीले सर्वाधिक १० रन जोड्दा अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्। कुवेतको इनिङ धरासायी बनाउने क्रममा नेपालकी संगीता राई र कप्तान रुविना क्षेत्रीले समान ३विकेट लिए

यसअघि पहिलो खेलमा हङकङसँग ६ विकेटले पराजित भएको नेपालले दोस्रो खेलमा भुटानलाई ८ विकेटले पराजित गरेको थियो। कुवेतको भने यो लागतार तेस्रो हार हो।

नेपालले अब शुक्रबार मलेसिया र आइतबार युएईसँग खेल्नेछ। ग्लोबल क्वालिफायर खेल्न नेपालले बाँकी दुवै खेलमा फराकिलो जित निकाल्नुपर्नेछ।

प्रकाशित मिति: १५:१४ बजे, बिहीबार, मंसिर ९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्