Kathmandu Press

स्वास्थ्य परीक्षण नगरिएका खसीबोका नेपाल भित्र्याउँदैनाैँ: कृषिमन्त्री खनाल

काठमाडौं, भदौ ४ : कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनालले स्वास्थ्य परीक्षण नगरिएका खसीबोका नेपाल भित्रिन नदिने बताएका छन्।

बुध....

 स्वास्थ्य परीक्षण नगरिएका खसीबोका नेपाल भित्र्याउँदैनाैँ: कृषिमन्त्री खनाल

काठमाडौं, भदौ ४ : कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनालले स्वास्थ्य परीक्षण नगरिएका खसीबोका नेपाल भित्रिन नदिने बताएका छन्।

बुधबार काठमाडौंमा भएको एक कार्यक्रममा मन्त्री खनालले बाहिरको रोग खसीबोकाको माध्यमबाट नेपालमा भित्रिन नदिने बताएका हुन्। नेपाल विश्व व्यापार संगठनको सदस्य राष्ट्र भएकाले खसीबोको आयात रोक्न नसके पनि उत्पत्तिको प्रमाण र निरोगिताको प्रमाण नभई नेपाल भित्रिन नदिने उनले बताए।

मन्त्री खनालले संसारभरिका रोग हुल्ने गरी नेपालमा स्वास्थ्य परीक्षण नगरी खसीबोका ल्याउन नदिने बताए। मन्त्री खनालले निरोगिताको प्रमाणपत्रका आधारमा आयात गर्न आग्रह गर्दा केही व्यवसायीले घेराबन्दी गर्न खोजेको बताए। 

व्यवसायीहरुले अनौपचारिक रुपमा दशैमा त देख्लास् भनेर धम्की दिएको उनले बताए। मन्त्री  खनालले हाम्रो उत्पादन प्रयाप्त भए आयात गर्न नपर्ने भन्दै उत्पादनमा जोड दिएर र स्वस्थकर खान सकिने बताए।

कार्यक्रममा हेफर नेपालले विराटनगर, बुटवल, पोखरा, भरतपुर र कोहलपुरमा पाँच वटा आधुनिक बधशाला निर्माण गर्ने सहमति पत्रमा हस्ताक्षर भएको छ। त्यसका लागि भौतिक संरचना निर्माणका लागि स्थानीय र प्रदेश सरकारबाट ३२ करोड र खसी बाख्रा उत्पादक महिला किसान र मासु व्यवसायीको तर्फबाट २२ करोडभन्दा बढीको सेयर लगानीको प्रतिबद्धता आएको हेपÞmरले जनाएको छ  
 

प्रकाशित मिति: १७:१३ बजे, बुधबार, भदौ ४, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्