Kathmandu Press

एक वर्षभित्र सबै विदेशी च्यानल क्लिन फिडमा प्रशारण हुने

काठमाडौं, भदौ ४ :  विज्ञापन ऐन लागू भएको एक वर्षभित्र चालू अवस्थामा रहेका विदेशी च्यानलहरु क्लिन फिडमा प्रशारण हुनुपर्ने भएको छ। 

....
एक वर्षभित्र सबै विदेशी च्यानल क्लिन फिडमा प्रशारण हुने

काठमाडौं, भदौ ४ :  विज्ञापन ऐन लागू भएको एक वर्षभित्र चालू अवस्थामा रहेका विदेशी च्यानलहरु क्लिन फिडमा प्रशारण हुनुपर्ने भएको छ। 

संसदको विकास तथा प्रविधि समितिबाट ‘विज्ञापन नियमन गर्ने सम्बन्धमा बनेको विधेयक’ पास गरेसंगै एक वर्षभित्र क्लिन फिड पूर्ण रुपमा कार्यन्वयनमा आउने भएको हो। 

राष्ट्रियसभाले पारित गरेको उक्त विधेयकलाई प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले केही परिमार्जनसहित बुधबार पास गरेको छ। बहुचर्चित क्लिन फिडका सम्बन्धमा संशोधन गरी ऐन प्रारम्भ भएको बखतमा विदेशी च्यानलसँग डाउनलिंक गरी प्रसारण गर्न सम्झौता गरिसकेका संस्थाहरुले यो ऐन प्रारम्भ भएको एक वर्षभित्र विज्ञापनरहित (क्लिन फिड) प्रशारण गर्नुपर्ने उल्लेख छ। 

नयाँ ऐनको प्रस्तावमा विज्ञापन बोर्डको अध्यक्षको पदावधि एक वर्ष थपिएको छ। राष्ट्रियसभाले तीन वर्षको हुने पारित गरेकोमा समितिले चार वर्ष बनाएर संशोधन गराएको हो। विधेयकमा नेपाल सरकारले गर्ने सबै विज्ञापन बोर्डमार्फत गर्नुपर्ने प्रावधान गर्ने गरी नयाँ दफा थप गरिएको छ। 

समितिले दफा ३२ हुनेगरी थपिएको उक्त प्रावधानमा नेपाल सरकार वा नेपाल सरकार अन्तर्गतका निकायले लोक कल्याणकारी वा अन्य विज्ञापन वा सूचना प्रकाशन तथा प्रशारण गर्दा बोर्डमार्फत गर्नुपर्ने उल्लेख गरिएको छ। 
 

प्रकाशित मिति: १६:५२ बजे, बुधबार, भदौ ४, २०७६