कांग्रेस रुपन्देही-३ मा सुशील गुरुङ बने सभापित
रुपन्देही, मंसिर ९ : नेपाली कांग्रेसको १४औं अधिवेशनअन्तर्गत रुपन्देही-३ को अधिवेशनले सुशील गुरुङलाई सभापित चयन गरेको छ।गुरुङ बिहीबार ३ सय ७७ मत ल्याई विजयी...
रुपन्देही, मंसिर ९ : नेपाली कांग्रेसको १४औं अधिवेशनअन्तर्गत रुपन्देही-३ को अधिवेशनले सुशील गुरुङलाई सभापित चयन गरेको छ।
गुरुङ बिहीबार ३ सय ७७ मत ल्याई विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी मातृकाप्रसाद यादवले २ सय ४२ मत प्राप्त गरे भने अर्का उम्मेदवार महेन्द्रप्रसाद यादवले ४ मत ल्याएको निर्वाचन अधिकृत भेषराज घिमिरेले जानकारी दिए।
सचिव पदमा भवानीप्रसाद शर्माले ३ सय ७६, लेखनाथ भट्टराईले ३ सय ६२ मत ल्याई विजयी भए। सहसचिवमा कुलप्रसाद न्यौपाने ३ सय ७२ मत प्राप्त गरी विजयी भए।
प्रकाशित मिति: १२:३८ बजे, बिहीबार, मंसिर ९, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












