डोटी कांग्रेस सभापतिमा सिंह विजयी
डोटी, मंसिर ९ : नेपाली कांग्रेसको १४औं महाधिवेशनका लागि बुधबार भएको मतदानमा नरेन्द्रबहादुर सिंह विजयी भएका छन्। बुधबार सम्पन्न भएको निर्वाचनमा कुल ९८७ मत...
डोटी, मंसिर ९ : नेपाली कांग्रेसको १४औं महाधिवेशनका लागि बुधबार भएको मतदानमा नरेन्द्रबहादुर सिंह विजयी भएका छन्। बुधबार सम्पन्न भएको निर्वाचनमा कुल ९८७ मत खसेका थिए।
त्यसमा सिंह ५६८ मत प्राप्त गरी विजयी भएको निर्वाचन समितिले जनाएको छ। उनका निकटतम प्रतिद्वन्द्वी भूमिराज बडुले ३९७ मत प्राप्त गरेका छन्। सिंहले आफ्ना निकटतम प्रतिद्वन्द्वी बडुलाई १७१ मतको अन्तरले विजयी भएका हुन्।
मंगलबार भएको निर्वाचनमा कुल खसेका मतमध्ये ५१ प्रतिशत मत कसैले पनि ल्याउन नसकेका कारण बुधबार सभापतिका लागि पुनः निर्वाचन भएको थियोे। सभापतिका लागि सिंह र बडुका बीच दोस्रो चरणमा मतदान भएको हो।
मंगलबार भएको निर्वाचनमा सभापतिका लागि पाँच उम्मेदवार थिए। कुल मतदाता १ हजार १ सय ७ रहेका थिए।
बुधबार भएको निर्वाचनमा २२ मत बदर भएका निर्वाचन समितिले जनाएको छ। मंगलबार पहिलो चरणमा भएको निर्वाचनमा सिंहले ३५८, बडुले ३४२, प्रदीप देउवाले २१४, नरबहादुर ढाँटले ९१ र टेकराज ओझोले ३४ मत प्राप्त गरेका थिए।












