Kathmandu Press

रियल र इन्टर एक खेल अवागै नकआउटमा

काठमाडाैं, मंसिर ९ : स्पेनिस जाइन्ट रियल मड्रिड र इटालियन क्लब इन्टर मिलन च्याम्पियन्स लिग फुटबलको नबआउट चरणमा प्रवेश गरेको छ। बुधबार राति...
रियल र इन्टर एक खेल अवागै नकआउटमा

काठमाडाैं, मंसिर ९ : स्पेनिस जाइन्ट रियल मड्रिड र इटालियन क्लब इन्टर मिलन च्याम्पियन्स लिग फुटबलको नबआउट चरणमा प्रवेश गरेको छ। बुधबार राति भएको खेलमा माल्दोभाको क्लब सेरिफलाई ३–०ले हराउँदै रियल एक खेल अगावै नकआउट चरण प्रवेश गरेको हो भने इटन्टर युक्रेनी क्लब सख्तर डोनेस्कलाई २–०ले हरायो।

सेरिफमाथि सहज जित दिलाउने क्रममा रियलका लागि डेभिड अलबा, टोनी क्रुस र करिम बेन्जिमाले गोल गरे । रियले पहिलो हाफमा २ र दोस्रो हाफमा १ गोल गरेको थियो ।

सेरिफको मैदानमा रियले ३०औं मिनेटमा अग्रता लिएको थियो । उसका डेभिड अलाबाले फ्रिकिकमार्फत सिधै गोल गरेका थिए । पहिलो हाफको इन्जुरी समयमा क्रुसले रोड्रिगोको पासमा गोल गर्दै रियलको अग्रता दोब्बर बनाए ।

त्यसपछि ५५औं मिनेटमा करिम बेन्जेमाले गोल गर्दै रियललाई ३–० ले अघि बढाए। उनले फर्लान्ड मेन्डीको पासमा गोल गरेका थिए। त्यसपछि कुनै टोलीबाट थप गोल नहुँदा रियल विजयी भयो । रियलसँगको हारसँगै पहिलो सभागीतामै नकआउट चरण पुग्ने सेफिसको सपना समाप्त भएको छ।

समूह डी कै अर्को खेलमा जित निकाल्दै इटालियन क्लब इन्टर मिलान पनि नकआउट चणमा प्रवेश गरेको छ। बुधबार राति नै भएको खेलमा इन्टरले सख्तत डोनेस्कमाथि २–०को जित निकाल्यो । उसका जित दिलान खेलका अन्त्यमा दुवै गोल इडेन डेज्कोले गरे।

यो जितसँगै समूह डीमा रियल ५ खेलबाट १२ अंक जोडेर शीर्षस्थानमा रहेको छ भने इन्टर मिलान १० अंकसहित दोस्रो स्थानमा छ। सेरिफ ६ अंकसहित तेस्रो र १ अंक जोडेको सख्तर डोनेस्क पुछारमा छ।

 

प्रकाशित मिति: ०९:५३ बजे, बिहीबार, मंसिर ९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्