Kathmandu Press

बैतडीको पञ्चेश्वर गाउँपालिकामा आज र भोलि सार्वजनिक बिदा

बैतडी, मंसिर ९ : पञ्चेश्वर गाउँपालिकामा मेलाका लागि भनेर दुई दिन सार्वजनिक बिदा दिइएको छ । गाउँपालिकाले आज र भोलि शुक्रबार सार्वजनिक बिदा दिएको...
बैतडीको पञ्चेश्वर गाउँपालिकामा आज र भोलि सार्वजनिक बिदा

बैतडी, मंसिर ९ : पञ्चेश्वर गाउँपालिकामा मेलाका लागि भनेर दुई दिन सार्वजनिक बिदा दिइएको छ । गाउँपालिकाले आज र भोलि शुक्रबार सार्वजनिक बिदा दिएको हो। 

गाउँपालिकाले सूचना प्रकाशन जारी गर्दै गाउँपालिका क्षेत्रमा दुई दिन स्थानीय धुरा मेला लाग्ने भएकाले सार्वजनिक बिदा दिइएको जनाएको छ। 

स्थानीय बिदाबाट कट्टी हुने गरेर धुरा मेलाका लागि आज र भोलि बिदा दिइएको बताइएको छ। 

गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत भुवन बागका अनुसार दुई दिन गाउँपालिका क्षेत्राधिकारभित्र रहेका सम्पूर्ण सङ्घसंस्था, वित्तिय संस्था, विद्यालय, वडा कार्यालय बन्द रहने जनाइएको छ।  

यसअघि मङ्सिर पहिलो साता जात्राकै लागि भने जिल्लाको दशरथचन्द नगरपालिकाले एकदिन र मेलौली नगरपालिकाले दुई दिन बिदा दिएको थियो । 
 

प्रकाशित मिति: ०९:४६ बजे, बिहीबार, मंसिर ९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्