Kathmandu Press

आज नेपाली टोली कुवेतसँग भिड्दै

काठमाडौं, मंसिर ९ : आईसीसी महिला टी–२० विश्व कपको एसिया छनोट अन्तर्गत आज नेपाली टोली कुवेतसँग भिड्ने भएको छ।दुबईस्थित क्रिकेट मैदानमा नेपाल र...
आज नेपाली टोली कुवेतसँग भिड्दै

काठमाडौं, मंसिर ९ : आईसीसी महिला टी–२० विश्व कपको एसिया छनोट अन्तर्गत आज नेपाली टोली कुवेतसँग भिड्ने भएको छ।

दुबईस्थित क्रिकेट मैदानमा नेपाल र कुवेतको खेल आज बिहान ११ः१५ बजे सुरु हुनेछ। यसअघि सन् २०१९ मा भएको खेलमा नेपालले कुवेतलाई ३० रनले पराजित गरेको थियो।

प्रतियोगिताको पहिलो खेलमा नेपाल हङकङसँग पराजित भएको थियो। त्यस्तै, दोस्रो खेलमा भुटानलाई पराजित गरेको थियो।

अहिलेसम्मको अंक तालिकमा चार अंकसहित यूएई शीर्षस्थानमा छ। त्यस्तै, नेपाल, मलेसिया, हङकङ र भुटानको समान दुई-दुई अङ्क छ। रन रेटका आधारमा नेपाल दोस्रो स्थानमा छ।

नेपालले अर्को खेल शुक्रबार मलेसिया र आइतबार यूएईसँग खेल्नेछ। प्रतियोगिताको विजेता टोलीले विश्व कपको ग्लोबल छनोट खेल्न पाउनेछ।

प्रकाशित मिति: ०८:२५ बजे, बिहीबार, मंसिर ९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्