Kathmandu Press

सभामुख सापकोटा स्पेन प्रस्थान

काठमाडौं, मंसिर ९ : अन्तर व्यवस्थापिका संघ (आईपीयू)को १४३औं सम्मेलनमा सहभागी हुन सभामुख अग्निप्रसाद सापकोटा स्पेन प्रस्थान गरेका छन्।सभामुख सापकोटा नेतृत्वको नेपाली प्रतिनिधिमण्डल...
सभामुख सापकोटा स्पेन प्रस्थान

काठमाडौं, मंसिर ९ : अन्तर व्यवस्थापिका संघ (आईपीयू)को १४३औं सम्मेलनमा सहभागी हुन सभामुख अग्निप्रसाद सापकोटा स्पेन प्रस्थान गरेका छन्।

सभामुख सापकोटा नेतृत्वको नेपाली प्रतिनिधिमण्डल गएराति ८ः५० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्पेनतर्फ प्रस्थान गरेको हो। नेपाली टोलीमा प्रतिनिधिसभा सदस्य देवप्रसाद गुरुङ र लक्ष्मीकुमारी चौधरी तथा राष्ट्रियसभा सदस्य प्रमिलाकुमारी र अगमप्रसाद वान्तवा राई रहेका छन्।

त्यस्तै, संघीय संसदका महासचिव डा. भरतराज गौतम, प्रतिनिधसभाका सचिव गोपालनाथ योगी, सभामुखका प्रमुख स्वकीय सचिव अर्जुन खत्री केसी, कम्प्युटर अधिकृत सुरेशराज सेढाईँ र स्पेनस्थित नेपाली राजदूतावासका कार्यवाहक राजदूत अर्जुन अधिकारी टोलीमा सहभागी छन्।

आईपीयू र स्पेनको संसद्को आयोजनामा मंसिर १० देखि १४ गतेसम्म स्पेनको म्याड्रिडमा १४३औं आईपीयू सम्मेलन हुँदै छ। सम्मेलनमा सभामुख सापकोटाले २८ नोभेम्बरमा सम्बोधन गर्ने कार्यक्रम छ।

सभामुखको टोली सम्मेलन सकेर मंसिर १६ गते स्वदेश फर्कने कार्यतालिका रहेको छ।

प्रकाशित मिति: ०८:१५ बजे, बिहीबार, मंसिर ९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्