Kathmandu Press

प्रधानमन्त्री ओली र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

काठमाडौं, भदौ ४ : प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय विदेश मन्त्री शुब्रमन्यम जयशंकरबीच शिष्टाचार भेटवार्ता भएको छ।

नेपाल–भारत संयु....

प्रधानमन्त्री ओली र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

काठमाडौं, भदौ ४ : प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय विदेश मन्त्री शुब्रमन्यम जयशंकरबीच शिष्टाचार भेटवार्ता भएको छ।

नेपाल–भारत संयुक्त आयोगको बैठकमा सहभागी हुन नेपाल आएका भारतीय विदेशमन्त्री जयशंकरले बुधबार दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटर पुगेर प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरेका हुन्।

भेटमा दुबैतफै स्थानीय सरकार रहेको र राजनीतिले पनि स्थायीत्व प्राप्त गरेकाले दुई देशबीचका नीतिगत स्थायीत्वलाई पनि अगाडि बढाएर लैजानुपर्ने विषयमा अत्यन्तै राम्रो  छलफल भएको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा राजन भट्टराईले जानकारी दिए।

भारतीय विदेशमन्त्री जयशंकरले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पठाएको सन्देश सुनाउनुको साथै प्रबुद्ध समूहको प्रतिवेदनलाई उपयुक्त समयमा बुझ्ने जानकारी गराएको पनि प्रधानमन्त्रीका परराष्ट्र सल्लाहाकार भट्टराईले जानकारी दिए।

भारतीय विदेशमन्त्री जयशंकर नेपाल–भारत संयुक्त आयोगको पाँचौ बैठकमा सहभागी हुन भारतीय पक्षको नेतृत्व गर्दै बुधबार मध्यान्ह काठमाडौं आएका हुन्।
 

प्रकाशित मिति: १४:४७ बजे, बुधबार, भदौ ४, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्