कांग्रेस डोटी जिल्ला सभापतिमा सिंह बिजयी
काठमाडौं, मंसिर ८ : नेपाली कांग्रेसको डोटी जिल्ला सभापतिमा नरेन्द्रबहादुर सिंह बिजयी भएका छन् ।दोश्रो चरण अन्तर्गत आज बुधवार भएको निर्वाचनमा सिंहले प्रतिस्पर्धी...
काठमाडौं, मंसिर ८ : नेपाली कांग्रेसको डोटी जिल्ला सभापतिमा नरेन्द्रबहादुर सिंह बिजयी भएका छन् ।
दोश्रो चरण अन्तर्गत आज बुधवार भएको निर्वाचनमा सिंहले प्रतिस्पर्धी भूमिराज बडुलाई एक सय ७१ मत अन्तरले पछि हराएका हुन् । सिंहले पाँच सय ६८ मत पाउँदा बडुका पक्षमा तीन सय ९७ मत ल्याए ।
एक हजार एक सय सात मतदातामध्ये नौ सय ८७ ले मतदान गरेका थिए । २२ मत बदर भएको निर्वाचन समितिले जनाएको छ । कांग्रेस विधान अनुसार सभापतिमा निर्वाचित हुन खसेको मतको ५० प्रतिशतभन्दा बढी मत ल्याउनु पर्ने व्यवस्था छ ।
पहिलो चरणमा कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत नल्याए बढी मत प्राप्त गर्ने दुई जनाबीच पुनः प्रतिस्पर्धा हुने व्यवस्था रहेको छ ।
प्रकाशित मिति: १९:३५ बजे, बुधबार, मंसिर ८, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












