Kathmandu Press

विभिन्न स्थानमा  ४ जना मृत अवस्थामा फेला

काठमाडौं, मंसिर ८ : देशका विभिन्न भागमा चार जना मृत अवस्थामा फेला परेका छन् ।काठमाडौं महानगरपालिका १६ नयाँ बजारस्थित गार्मेन्टमा काम गरी बस्ने...
विभिन्न स्थानमा  ४ जना मृत अवस्थामा फेला

काठमाडौं, मंसिर ८ : देशका विभिन्न भागमा चार जना मृत अवस्थामा फेला परेका छन् ।

काठमाडौं महानगरपालिका १६ नयाँ बजारस्थित गार्मेन्टमा काम गरी बस्ने मोरङ घर भएका ४६ वर्षीय नटबर शर्मा काठमाडौं महानगरपालिका १७ नयाँबजार खुसिबु पार्क नजिक सडक पेटीमा बुधबार मृत अवस्थामा फेला परेका छन् ।

यसैगरी काठमाडौं तारकेश्वार नगरपालिका ९ मनमैजुस्थित खेतमा सोही ठाउँ बस्ने रुकुम (पूर्व) भुमे गाउँपालिका ३ घर भएका २२ वर्षीय प्रबिन पुन मगर बुधबार मृत अवस्थामा फेला परेका छन् ।

वाग्लुङ, ढोरपाटन नगरपालिका ७ धाराबोट बस्ने दिल बहादुर बिकको छोरा ७ वर्षीय जिवन बिक सोही ठाउँस्थित भुजि खोलाबाट ४ सय मिटर टाढा ढुङ्गाको कोप्चेरोमा बुधबार मृत अवस्थामा फेला परेका छन् । गत कात्तिक ६ गते उक्त खोलाले बगाई बेपत्ता भएका उनको उक्त कोप्चेरोमा सडिगलेको अवस्थामा शव फेला परेको हो ।

यस्तै कैलाली, गौरीगंगा नगरपालिका ७ सुनपाल सामुदायिक वनभित्र सोही ठाउँ बस्ने ६० वर्षीय देव बहादुर बोहरा बिद्युतिय धरापमा परेर बुधबार मृत अवस्थामा फेला परेका छन् ।

घटनास्थलबाट प्रहरीले १ नाले भरुवा बन्दुक समेत प्रहरीले बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: १९:०८ बजे, बुधबार, मंसिर ८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्