Kathmandu Press

पाँच देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेश

काठमाडौं, मंसिर ८ : राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पाँच देशका राजदूतले आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका छन् ।राष्ट्रपति भवनमा आज अपराह्न आयोजित विशेष समारोहमा...
पाँच देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेश

काठमाडौं, मंसिर ८ : राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पाँच देशका राजदूतले आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका छन् ।

राष्ट्रपति भवनमा आज अपराह्न आयोजित विशेष समारोहमा नेपालका लागि सिङ्गापुर, न्युजिल्याण्ड, होली सी, टर्की र रोमानियाका गैरआवासीय राजदूतले ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका हुन् ।

Hardik ivf

सिङ्गापुरका राजदूत सिमोम ओङ विइ कुएन, न्युजिल्याण्डका डेभिड ग्रेगोरी पाइन, होली सीका लियोपोल्डो गिरेली, टर्कीका फिराट सुनेल र रोमानियाका राजदूत डानिला सेजोनोभ टानेले ओहोदाको प्रमाणपत्र पेश गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

त्यस अवसरमा परराष्ट्रमन्त्री डा नारायण खड्कासहित नेपाल सरकारका उच्चपदस्थ अधिकारीहरुको उपस्थिति थियो ।

प्रकाशित मिति: १८:०८ बजे, बुधबार, मंसिर ८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्