चण्डीप्रसाद शर्मा बने बागलुङ–१ का कांग्रेस सभापति

बागलुङ, मंसिर ८ : नेपाली कांग्रेस बागलुङ–१ मा चण्डीप्रसाद शर्मा विजयी भएका छन्।
प्रतिस्पर्धी खडकबहादुर थापालाई चार मतान्तरले पराजित गर्दै शर्मा विजयी भएका हुन्। शर्माले ५५४ मत प्राप्त गरेका छन् भने थापाले ५५० मत मात्रै प्राप्त गरे। सचिवमा शर्माको प्यानलबाटै जयराम भारी र गोविन्द पौडेल (गोपाल) र सहसचिवमा गणेश लम्साल र विष्णु पौडेल विजयी भएका छन्।
नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधिमा क्षेत्र १ बाट खुल्ला सदस्यतर्फ जगदीशचन्द्र उपाध्याय, हरिहर शर्मा, डिल्लीराम सुवेदी, मणिभद्र शर्मा कँडेल, प्रकाश शर्मा पौडेल, नवराज पौडेल, ओमकार थापा, चिरञ्जीवी गौतम, प्रकाश आचार्य र हरिप्रसाद श्रेष्ठ निर्वाचित भए।
खस आर्यबाट महिला सदस्यमा कमला पराजुली र भगवती शर्मा सापकोटा, खस आर्य खुल्ला सदस्यमा उमाकान्त पौडेल, नारायण शर्मा पौडेल र विष्णु शर्मा दारी विजयी भए।
आदिवासी जनजाति महिला सदस्यमा बेमकुमारी थापा, खुल्लामा वसन्तकुमार श्रेष्ठ र भीम श्रीषले चुनाव जिते। दलित महिला सदस्यमा दुर्गादेवी विश्वकर्मा र दलित खुला सदस्यमा सीताराम रसायली विजयी भए।
मुस्लिम, अपाङ्ग, अल्पसङ्ख्यकमा प्रेमबहादुर छन्त्याल निर्वाचित भएका छन्।












