रोल्पा कांग्रेस सभापतिमा किशोर आचार्य विजयी
रोल्पा, मंसिर ८ : नेपाली कांग्रेस रोल्पाको सभापतिमा किशोर आचार्य विजयी भएका छन्। आचार्य प्रतिस्पर्धी मानबहादुर खत्रीलाई ६२ मतान्तरले पछि पार्दै विजयी भएका हुन्।आचार्यले...
रोल्पा, मंसिर ८ : नेपाली कांग्रेस रोल्पाको सभापतिमा किशोर आचार्य विजयी भएका छन्। आचार्य प्रतिस्पर्धी मानबहादुर खत्रीलाई ६२ मतान्तरले पछि पार्दै विजयी भएका हुन्।
आचार्यले ५०२ मत प्राप्त गर्दा खत्रीले ४४० मत पाएका थिए। कार्यसमितिको अन्य पदाधिकारीमा पनि आचार्यको प्यानल विजयी भए। कार्यसमितिको उपसभापितमा कविता उपाध्यायले ४७५ र हरिबहादुर पुनले ५०३ मत प्राप्त गरी विजयी भए। उपसभापतिको प्रतिस्पर्धी अमृत घर्तीले ४३० र लेखमणि डाँगीले ४४२ मत प्राप्त गरे।
यसैगरी सचिवमा तिलबहादुर बुढाथोकी ५१३ र शेरबहादुर थापाले ४४५ मत प्राप्त गरी विजयी भएका छन्। सचिवका प्रतिस्पर्धी दीपक श्रेष्ठ ४०८ र रेगबहादुर पुनले ३९७ मत प्राप्त गरेका थिए। सहसचिवमा गंजबहादुर क्षेत्री ५५३ र सुनिलकुमार वली ४७२ मत प्राप्त गरी विजयी भएका छन्। सहसचिवका प्रतिस्पर्धी लीलाधर आचार्य २६६ र हुकुम बुढाले ३८१ मत प्राप्त गरे। कुल एक हजार ९३ मतदाता रहेको रोल्पा कांग्रेसको निर्वाचनमा एक हजार ४२ मत खसेको निर्वाचन अधिकृत सूर्यबहादुर वलीले जानकारी दिए।
निर्वाचनमा मानबहादुर खत्री र किशोरकुमार आचार्यले सभापतिमा प्रतिस्पर्धा गरेका थिए। कार्यसमिति सदस्य र महाधिवेशन प्रतिनिधिको मतगणना चलिरहेको छ।












