कांग्रेस रूपन्देही–२ मा लम्साल बने सभापति
काठमाडौं, मंसिर ८ : नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट रुपन्देही–२ को क्षेत्रीय सभापतिमा हरि लम्साल विजयी भएका छन्।मंगलबार राति सम्पन्न क्षेत्रीय अधिवेशनबाट अर्का प्रतिस्पर्धी काजीमान...
काठमाडौं, मंसिर ८ : नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट रुपन्देही–२ को क्षेत्रीय सभापतिमा हरि लम्साल विजयी भएका छन्।
मंगलबार राति सम्पन्न क्षेत्रीय अधिवेशनबाट अर्का प्रतिस्पर्धी काजीमान श्रेष्ठलाई १६० मत अन्तरले हराउँदै लम्साल विजयी भएका हुन्। दोस्रो कार्यकाल पुनः सभापति बनेका लम्सालले ४०२ मत प्राप्त गरेका थिइन् भने श्रेष्ठले २४२ मत प्राप्त गरेको प्रमुख मतदान अधिकृत टीकाराम शर्माले जानकारी दिए।
त्यसैगरी, सचिव पदमा प्रजापाल गिरी र विमलराज भट्टराई निर्वाचित भएका छन् भने सहसचिव पदमा मिलन थापा र राजबहादुर क्षेत्री निर्वाचित भए। यसअघि मतगणनाका क्रममा महाधिवेशन प्रतिनिधिका उम्मेदवार दीर्घबहादुर केसीमाथि आक्रमण भएपछि केहीबेर मतगणना रोकिएको थियो।
प्रकाशित मिति: १५:२८ बजे, बुधबार, मंसिर ८, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












