Kathmandu Press

रहेनन् राष्ट्रिय खेलकुद परिषद्का पूर्वउपाध्यक्ष शेर्पा

रहेनन् राष्ट्रिय खेलकुद परिषद्का पूर्वउपाध्यक्ष शेर्पा

काठमाडौं, मंसिर ८ : नेपाल बास्केटबल सङ्घका पूर्वअध्यक्ष लामा टेन्डी शेर्पाको निधन भएको छ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्वउपाध्यक्षसमेत रहेका ५० वर्षीय शेर्पाको आज बिहान विशालनगरस्थित ओरिगन केयर होममा निधन भएको हो।  

उनी पछिल्लो तीन वर्षदेखि नशासम्बन्धी रोगबाट पीडित थिए। उनले अमेरिका, भारत र चीनमासमेत गएर आफ्नो रोगको उपचार गराएका थिए तर त्यहाँ उल्लेखनीय सुधार नभएपछि स्वदेश फर्केका थिए। उनी नेपाल ओलम्पिक कमिटी (एनओसी) का पूर्वमहासचिवसमेत थिए।

प्रकाशित मिति: १४:३७ बजे, बुधबार, मंसिर ८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्