Kathmandu Press

स्याङ्जाकाे वालिङमा आगलागीबाट ५० लाखकाे क्षति

स्याङ्जा, मंसिर ८ : स्याङ्जाको वालिङ नगरपालिका–८ वालिङबजारमा रहेको गाउँबेंसी डिपार्टमेन्टल स्टोर्समा आगलागी हुँदा झन्डै रु. ५० लाखको क्षति भएको छ। गए राति १ः३०...
स्याङ्जाकाे वालिङमा आगलागीबाट ५० लाखकाे क्षति
Hardik ivf

स्याङ्जा, मंसिर ८ : स्याङ्जाको वालिङ नगरपालिका–८ वालिङबजारमा रहेको गाउँबेंसी डिपार्टमेन्टल स्टोर्समा आगलागी हुँदा झन्डै रु. ५० लाखको क्षति भएको छ। गए राति १ः३० बजेको समयमा विद्युत् सर्ट भई आगलागी हुँदा स्टोर्समा रहेका सामान जलेर नष्ट भएको सञ्चालक सुधन श्रेष्ठले जानकारी दिए।

सञ्चालक श्रेष्ठका अनुसार कम्प्युटर, सिसी टिभी र टिभी पसलमा रहेका खाद्यान्नसहितका अन्य सामग्री नष्ट भएका छन्। ‘सामन धेरै जलेर नष्ट भएका छन् भने अन्य सामान धुवाँका कारण गन्हाउने समस्या छ,’ सञ्चालक श्रेष्ठले भने, ‘आगोकै कारण ठूलो क्षति बेहोर्नुपरेकामा दुःख लागेको छ।’

राति नै नगरपालिकाको दमकलको सहायतामा आगो नियन्त्रणमा लिइएको थियो।

प्रकाशित मिति: १३:१९ बजे, बुधबार, मंसिर ८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्