स्वास्थ्य बिमाको टिकट अनलाइनबाट
भरतपुर, मंसिर ८ : भरतपुर अस्पतालले स्वास्थ्य बीमाको टिकट अनलाइनबाट काट्ने व्यवस्था गरेको छ। यसअघि अस्पतालले बीमा टिकटबाहेक अन्य बहिरंग सेवाको टिकट अनलाइनबाट काट्न...
भरतपुर, मंसिर ८ : भरतपुर अस्पतालले स्वास्थ्य बीमाको टिकट अनलाइनबाट काट्ने व्यवस्था गरेको छ। यसअघि अस्पतालले बीमा टिकटबाहेक अन्य बहिरंग सेवाको टिकट अनलाइनबाट काट्न सुरु गरेको थियो ।
अस्पतालका सूचना अधिकारी गोपाल पौडेलका अनुसार भरतपुर अस्पतालको मोबाइल एप्लिकेसन वा अस्पतालको वेबसाइटमा गएर आजदेखि स्वास्थ्य बीमाको टिकट लिन सकिने व्यवस्था गराएको छ।
उनले टिकट लिन अत्यधिक भिड भएपछि अनलाइन टिकट सुरु गरिएको बताए। कोरोनापछि दैनिक स्वास्थ्य बिमाका बिरामी ८ सयको हाराहारीमा अस्पतालमा आउने गरेको पौडेलले जानकारी दिए।
सामान्य अवस्थामा भरतपुर अस्पतालमा दैनिक एक हजारभन्दा बढी बिरामी आउने गरेका छन्। स्वास्थ्य बीमाको टिकट पनि अनलाइनबाट व्यवस्था गरिने भएपछि बिरामीहरु बढ्ने उहाँले जानकारी दिए।
प्रकाशित मिति: १२:३० बजे, बुधबार, मंसिर ८, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












