Kathmandu Press

रसुवा दुर्घटनामा बालिकाको मृत्यु

रसुवा, मंसिर ८ : पासाङल्हामु राजमार्गअन्तर्गत ठाडे क्षेत्रमा मंगलबार साँझ भएको सवारी दुर्घटनामा एक बालिकाको मृत्यु भएको छ।गोसाइँकुण्ड गाउँपालिका-६ ठाडेकी चार वर्षीया बालिका नैना घलेको...
रसुवा दुर्घटनामा बालिकाको मृत्यु
Hardik ivf

रसुवा, मंसिर ८ : पासाङल्हामु राजमार्गअन्तर्गत ठाडे क्षेत्रमा मंगलबार साँझ भएको सवारी दुर्घटनामा एक बालिकाको मृत्यु भएको छ।

गोसाइँकुण्ड गाउँपालिका-६ ठाडेकी चार वर्षीया बालिका नैना घलेको मृत्यु भएको हो। प्रहरी नायव उपरीक्षक देवेन्द्र पाण्डेका अनुसार राजमार्गमा हिँडिरहेको अवस्थामा उनलाई काठमाडौंबाट धुञ्चेतर्फ आउँदै गरेको ना१ज ६१७६ नम्बरको यात्रुवाहक टाटासुमोले ठक्कर दिएको थियो।

गोसाइँकुण्ड गाउँपालिका-६ का ३० वर्षीया उर्जा घले र आठ वर्षीय करण धले सुमोको ठक्करबाट गम्भीर घाइते भएका छन्। उनीहरूको काठमाडौँको धापासीस्थित ग्रिनसिटी अस्पतालमा उपचार भइरहेको छ। 
     
पैदलयात्रीलाई ठक्कर दिइ जिप राजमार्गभन्दा करिब ५० मिटर तल खसेको थियो। जिपमा चार जना सवार थिए। आमाछोदिङ्मो गाउँपालिका-५ ब्राजमका जिप चालक ३० वर्षीय छिरिङदोर्जे तामाङ र वडा २ ग्रेगाउँका ३१ वर्षीय निमादोर्जे तामाङको नुवाकोटस्थित त्रिशूली आस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। 

प्रकाशित मिति: १२:०३ बजे, बुधबार, मंसिर ८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्