Kathmandu Press

एमाले महाधिवेशन सुरक्षामा हजार बढी प्रहरी खटिने

काठमाडौं, मंसिर ८ : एमालेको दसौं राष्ट्रिय महाधिवेशन यही मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुँदैछ।सो महाधिवेशनमा सुरक्षाका लागि नेपाल प्रहरीले एआइजी सहकुलबहादुर थापाको...
एमाले महाधिवेशन सुरक्षामा हजार बढी प्रहरी खटिने

काठमाडौं, मंसिर ८ : एमालेको दसौं राष्ट्रिय महाधिवेशन यही मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुँदैछ।

सो महाधिवेशनमा सुरक्षाका लागि नेपाल प्रहरीले एआइजी सहकुलबहादुर थापाको कमान्डमा सुरक्षा टोली खटाउने भएको छ।

नेपाल प्रहरीका प्रवक्ता एसएसपी वसन्त कुवँरले दिएको जानकारीअनुसार महाधिवेशन सुरक्षामा वाग्मती, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका डिआईजी सुरक्षामा खटिने र समग्र कमान्ड भने एआईजी थापाले गर्नेगरी १ हजारभन्दा बढी प्रहरी परिचालन गरिनेछ।

सशस्त्र प्रहरीको टोली पनि महाधिवेशन स्थलमा खटाइने बताइएको छ।

प्रकाशित मिति: ११:५७ बजे, बुधबार, मंसिर ८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्