युनाइटेड र बायर्न च्याम्पियन्स लिगको नकआउट चरणमा

काठमाडाैं, मंसिर ८ : इंग्लिस क्लब म्यान्चेस्टर युनाइटेड र जर्मन क्लब बायर्न म्युनिख च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा प्रवेश गरेका छन् । मंगलबार राति भएका खेलमा जित निकालेपछि युनाइटेड र बायर्न दुवै एक खेल अगावै नकआउट चरण पुगेका हुन्।
स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डो र युवा स्टार जाडोन सान्चोले उत्कृष्ट प्रदर्शन म्यान्चेस्टर युनाइटेड भिल्लारियललाई उसकै मैदाना २–०ले हरायो। भने बार्यनले डाइनामो किभमाथि २–१को जित निकाल्यो।
घरेलु मैदानमा पहिलो हाफमा भिल्लारियलले खेलमा दाबब बनायो । तर, गोलपोस्टमा डेभिड डि गिया बाधक बन्दा ऊ अग्रता लिन चुकेको थियो । ७८औं मिनटमा रोनाल्डोले गोल गर्दै युनाइटेडलाई सुरुआती अग्रता दिलाए । निर्धारित सायमको अन्तिम मिनेटमा सान्चोले ब्रुनो फर्नान्डेसको पासमा गोल गर्दै युनाइटेडको जित सुनिश्चित गरे।
यो सँगै माइकल क्यारिकले प्रशिक्षक सम्हालेको पहिलो खेलमै जित निकाले छ। यस्तो भएको सन् १९३१ पनि पहिलो पटक हो । गता साता मुख्य प्रशिक्षक ओलेनगर सोल्सायर बर्खास्तीमा परेपछि क्यारिक अन्तिमरिम प्रशिक्षकका रुपमा नियुक्त भएका थिए।
समूह इ अन्तर्गत भएको खेलमा बायर्नले डिनामो किभलाई २–१ ले पराजित ग¥यो । यो उसको लगातार पाँचौं जित हो । बायर्नको जितमा रोवर्ट लेवान्डोस्की र किन्सले कोमन गोल गरे भने किभका डेनिस हार्मासले एक गोल फर्काए । बार्यनले दुवै गोल पहिलो हाफमा गरेको थियो ।
समूह एफमा ५ खेलमा ३ जित, १ बराबरी र १ हार बेहोरोको युनाइटेडले १० अंक जोड्दै नकआउट चरणमा पुगेको हो। ७ अंक जोडेको भिल्लारियल दोस्रो र ६ अंक जोडेको एट्लान्टा तेस्रो स्थानमा छ । यी दुवैको नकआउट चरण पुग्ने सम्भावना कायमै छ।
समूह इमा बार्यनले ५ जितसहित १५ अंक जोडेको छ र उ शीर्ष स्थानमा छ। यो समूहमा ५ अंक जोडेको बार्सिलोना दोस्रो र ५ अंक जोडेको बेन्फिका तेस्रो स्थानमा छ।











