Kathmandu Press

नेपालले यूएईलाई सस्तैमा समेट्यो, लक्ष १०८ (अपडेट)

काठमाडौं, माघ १८ : नेपाल र यूएईबीच आज भईरहेको दोस्रो टी-२० खेलमा नेपालले यूएईलाई सस्तैमा समेटेको छ । यूएईले पहिले ब्याटिंग गर्दै सबै विकेट गुमाएर....

नेपालले यूएईलाई सस्तैमा समेट्यो, लक्ष १०८ (अपडेट)

काठमाडौं, माघ १८ : नेपाल र यूएईबीच आज भईरहेको दोस्रो टी-२० खेलमा नेपालले यूएईलाई सस्तैमा समेटेको छ । यूएईले पहिले ब्याटिंग गर्दै सबै विकेट गुमाएर ४ बल बाँकि छँदै १०८ रन मात्र बनाउन सकेको छ ।

युवा क्रिकेटर अभिनाश बोहराले ३ विकेट लिएर नेपाललाई बलियो स्थितिमा पुर्याएको छ । 

खेलको पहिलो ओभरमै सोमपाल कामीले पहिलो सफलता दिलाएका थिए भने उनले तेस्रो ओभरमा दोस्रो विकेट लिए । त्यस्तै सन्दिप लामिछानेले २ विकेट लिएका छन् भने करण केसीले पनि २ विकेट लिएका छन् ।

यूएईका तर्फबाट सीपी रिजवान एक्लैले ४४ रन बनाए भने बाँकि खेलाडी खासै जम्न सकेनन ।

अब नेपालले संयमतापूर्बक ब्याटिंग गरे खेल जित्न खासै गार्हो नपर्न सक्छ ।    

पहिलो खेल हारेको नेपालले शृंखलामा टिकिरहन आजको खेल जित्नै पर्ने दवाव छ । बिहीबार भएको खेलमा नेपाल २१ रनले पराजित भएको थियो ।

एकदिवसीय शृंखलामा पनि नेपालले पहिलो खेल हारेको थियो । त्यसपछिका दुवै खेलमा सफलता हात पार्दै शृंखला जितेको थियो ।

प्रकाशित मिति: १०:३५ बजे, शुक्रबार, माघ १८, २०७५