Kathmandu Press

पुलबाट खसेर साइकलयात्रीको मृत्यु

कावासोती, मंसिर ८ : पूर्वपश्चिम राजमार्गको कावासोतीस्थित लोकाहा खोलाको पुलबाट खसेर साइकलयात्रीको मृत्यु भएको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती नगरपालिका र देवचुली नगरपालिकाको सीमा...
पुलबाट खसेर साइकलयात्रीको मृत्यु
Hardik ivf

कावासोती, मंसिर ८ : पूर्वपश्चिम राजमार्गको कावासोतीस्थित लोकाहा खोलाको पुलबाट खसेर साइकलयात्रीको मृत्यु भएको छ । 

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती नगरपालिका र देवचुली नगरपालिकाको सीमा क्षेत्रमा पर्ने लोकाहा पुलबाट खसेर बुलिङटार गाउँपालिकाको भारतीपुरका ३९ वर्षीय नरबहादुर कुमालको मृत्यु भएको हो ।

प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीका अनुसार मङ्गलबार साइकल चढेर कावासोतीतर्फ आउँदै गर्दा कुमाल साइकलसहित खोलामा खसेका थिए । उनको मध्यविन्दु जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । 

प्रकाशित मिति: ०९:२१ बजे, बुधबार, मंसिर ८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्