Kathmandu Press

बसको ठक्करबाट माओवादी नेताको मृत्यु

रुपन्देही, मंसिर ८ : बसको ठक्करबाट नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य रामप्रसाद बन्जाडेको मृत्यु भएको छ।गएराति रुपन्देहीको जितगढीमा बसले ठक्कर दिंदा उनी...
बसको ठक्करबाट माओवादी नेताको मृत्यु

रुपन्देही, मंसिर ८ : बसको ठक्करबाट नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य रामप्रसाद बन्जाडेको मृत्यु भएको छ।

गएराति रुपन्देहीको जितगढीमा बसले ठक्कर दिंदा उनी गम्भीर घाइते भएका थिए। उनको उपचारका क्रममा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

उनी माओवादीको रुपेन्देहीका जिल्ला इन्चार्ज पनि हुन्। बञ्जाडे अखिल क्रान्तिकारीका पूर्व महासचिव हुन्।

प्रहरीले बस र चालकलाई नियन्त्रणमा लिएको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: ०८:२९ बजे, बुधबार, मंसिर ८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्