Kathmandu Press

दुर्घटनामा प्रहरीको मृत्यु भएपछि गाडीमा आगजनी

सिन्धुली, मंसिर ८ : बिपी राजमार्गअन्तर्गत कमलामाई नगरपालिका–८ करकरेमा भएको सवारी दुर्घटना एक जनाको मृत्यु भएको छ।कुखुरा बोक्ने बोलेरोले मोटरसाइकललाई ठक्कर दिँदा तेजेन्द्र...
दुर्घटनामा प्रहरीको मृत्यु भएपछि गाडीमा आगजनी

सिन्धुली, मंसिर ८ : बिपी राजमार्गअन्तर्गत कमलामाई नगरपालिका–८ करकरेमा भएको सवारी दुर्घटना एक जनाको मृत्यु भएको छ।

कुखुरा बोक्ने बोलेरोले मोटरसाइकललाई ठक्कर दिँदा तेजेन्द्र बुढामगरको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ। मोटरसाइकल चालक बागलुङको दलिनका तेजेन्द्र पर्सामा कार्यरत प्रहरी भएको सिन्धुलीका प्रहरी नायब उपरीक्षक मनोजकुमार लामाले जानकारी दिए।

Hardik ivf

बर्दिबासबाट सिन्धुलीतर्फ आउँदै गरेको ना ३६ प ५७९ नम्बरको मोटरसाइकललाई बर्दिबासतर्फ जाँदै गरेको बा २ च ९२२६ नम्बरको बोलेरोले ठक्कर दिएको उनले बताए।

मोटरसाइकल चालकको घटनास्थलमा नै मृत्यु भएपछि आक्रोशित स्थानीय बासिन्दाले बोलेरोमा आगजनी गरेका छन्। उनीहरु राजमार्ग अवरुद्ध पारेका छन्। राजमार्ग खुलाउने प्रयास भइरहेको लामाले जानकारी दिए।

प्रकाशित मिति: ०७:४५ बजे, बुधबार, मंसिर ८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्