Kathmandu Press

नेपाल-भारत संयुक्त आयोगको बैठक आज

काठमाडौं, भदौ ४ : नेपाल–भारत संयुक्त आयोगको पाँचौं बैठक आज अपराह्नदेखि राजधानीमा प्रारम्भ हुँदैछ।

द्विपक्षीय आर्थिक साझेदारीलाई सुदृढ ....

नेपाल-भारत संयुक्त आयोगको बैठक आज

काठमाडौं, भदौ ४ : नेपाल–भारत संयुक्त आयोगको पाँचौं बैठक आज अपराह्नदेखि राजधानीमा प्रारम्भ हुँदैछ।

द्विपक्षीय आर्थिक साझेदारीलाई सुदृढ तुल्याउनेतर्फ केन्द्रीत रहने बैठकमा नेपाल–भारत सम्बन्धलाई अझ सार्थक, सुदृढ र नेपालको आर्थिक वृद्धिदरमा टेवा पुर्‍याउन मद्दत पुुग्नेगरी गहन विचारविमर्श हुने जनाएको छ।

तीन वर्षपछि हुन लागेको बैठकमा द्विपक्षीय सम्बन्धको समग्र अवस्थाको पुनरावलोकनका साथै जल, स्थल र हवाई मार्गबाट सम्पर्क सञ्जाल विस्तारका साथै पारस्परिक सम्बन्धमा विश्वास अभिवृद्धिका लागि हरप्रयास हुने परराष्ट्र मन्त्रालयले जनाएको छ।

बैठकमा विगतमा भएका सहमति र सम्झौताको समीक्षा, नेपाल–भारत बहुआयमिक सम्बन्धका समग्र पक्षमा गहन छलफल हुनका साथै राजनीतिक सम्बन्ध, सिमाना र सुरक्षा, आर्थिक सहयोग एवं पूर्वाधार, व्यापार तथा पारवहन, ऊर्जा र जलस्रोत, संस्कृति र शिक्षाबारे विचारविमर्श हुनेछ।

बैठकमा भाग लिन भारतका विदेशमन्त्री एस. जयशङ्कर उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आजै काठमाडौं पुग्दै छन्।

सहसचिवस्तरमा दुवै देशका अधिकारीहरुबीच मङ्गलबार र बुधबार भएको तयारी बैठकका विषयलाई मजबुत बनाई मन्त्रीस्तरमा हस्ताक्षरका लागि प्रस्तुत गरिनेछ भने खाद्य सुरक्षासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर पनि हुनेछ।

यसैगरी भूकम्पपछिको पुनःनिर्माण तथा तराईमा निर्माण हुने सडकका लागि आर्थिक सहायतासम्बन्धी दुई बेग्ला–बेग्लै परियोजनाका निम्ति भारत सरकारले नेपाल सरकारलाई आर्थिक सहायता उपलब्ध गराउने छ। आर्थिक सहायतासम्बन्धी चेक पनि हस्तान्तरण हुनेछ।

प्रकाशित मिति: ११:१७ बजे, बुधबार, भदौ ४, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्