Kathmandu Press

उपत्यकाभित्रै जीर्ण १२ पुलमा आवतजावत गर्न जाेखिम

काठमाडौं, भदौं ४ : काठमाडौं उपत्यकाभित्रै १२ वटा पुल जीर्ण अवस्थामा छन्। तिनलाई तत्कालन पुनःनिर्माण गर्नुपर्ने छ। तर, बजेट अभावले निर्माण गर्न नसकिएको....

उपत्यकाभित्रै जीर्ण १२ पुलमा आवतजावत गर्न जाेखिम
फाइल फोटो

काठमाडौं, भदौं ४ : काठमाडौं उपत्यकाभित्रै १२ वटा पुल जीर्ण अवस्थामा छन्। तिनलाई तत्कालन पुनःनिर्माण गर्नुपर्ने छ। तर, बजेट अभावले निर्माण गर्न नसकिएको सडक विभागले जनाएको छ।

सडक विभागको पुल महाशाखाका अनुसार, काठमाडौंमा ६, भक्तपुरमा र ललितपुरमा दुई/दुई पुल तत्कालन निर्माण गर्नुपर्ने अवस्थामा छन्।

काठमाडौंको महादेव खोला, अनन्त लिंगेश्वर, कपन महांकाल जोड्ने निखिलेश्वर, विष्णुमतीको पुल तत्कालन निर्माण गर्नुपर्नेछ । काठमाडौंकै टोखा नगरपालिका वडा नं. ५ र ९ बीचको पुल, मतमत्ता खोला शंकरापुर, महादेव खोला, घट्टेखोला, सकरापुरको साँखुको पुल तत्काल  निर्माण  गर्नुपर्ने अवस्थामा रहेको पुल महाशाखाका ईन्जिनियर बिमल बस्नेतले बताए।

त्यस्तै, भक्तपुरको  भिकु खोला, अरनिको राजमार्ग तीनपिप्लेदेखि बक्लुटार, हनुमन्ते खोला, बाराही मन्दिरबाट भक्तपुर नगरपालिकामा रहेका पुल पनि जीर्ण भएका छन्। तिनलाई पनि तत्कालै निर्माण गर्नुपर्ने अवस्था रहेको ईन्जिनियर बस्नेतले बताए।

यस्तै, ललितपुरमा कोटकु खोला, बालकुमारी बालकोट सडक, हनुमन्ते गोदावारी दोभानको पुल, कोट्कु खोला, ललितपुर वडा नं.८ र १८ जोड्ने पुल पनि जीर्ण बनेका छन्।

सरकारले पुल निर्माणका लागि प्रयाप्त बजेट नदिँदा १० वर्ष अघि नै जीर्ण बनेका पुल अझै पनि निर्माण हुन सकेका छैनन्। सरकारले एउटा पुलका लागि २० लाख मात्रै बजेट दिने गरेकाले सम्भव नभएको महाशाखाले जनाएको छ।

बजेटकै अभावले बनाउन नसकिएको ईन्जिनियर बस्नेतले बताए। ‘एउटा पुलका लागि २० लाख आउछ। निर्माण कार्य नसक्दै बजेट सकिन्छ,’ उनले भने। बजेट अभावका कारण समय थपेर १० वर्ष पुर्‍याउदा पनि पुल निर्माण हुन नसकेको उनले बताए।

काठमाडौं उपत्यकाभित्र ४९ वटा पुल छन्। जसमा काठमाडौंमा २९, भक्तपुर र ललितपुरमा १०/१० वटा पुल रहेका छन्।

प्रकाशित मिति: १०:५९ बजे, बुधबार, भदौ ४, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्