Kathmandu Press

भारतका विदेशमन्त्री जयशंकर आज नेपाल आउदै

काठमाडौं, भदौ ४ : भारतका विदेशमन्त्री एस जयशंकर आज नेपाल आउदै छन्। प्रधानमन्त्री नरेन्द्र मोदीले दोस्रो कार्यकालका लागि सपथ लिएयता पहिलो पटक भारतीय मन....

भारतका विदेशमन्त्री जयशंकर आज नेपाल आउदै
एजेन्सी

काठमाडौं, भदौ ४ : भारतका विदेशमन्त्री एस जयशंकर आज नेपाल आउदै छन्। प्रधानमन्त्री नरेन्द्र मोदीले दोस्रो कार्यकालका लागि सपथ लिएयता पहिलो पटक भारतीय मन्त्री नेपाल आउन लागेका हुन्।

भारतीय विदेशमन्त्री जयशंकर आज अपराह्न १२ बजे काठमाडौं ओर्लिने जनाएको छ। उनी नेपाल–भारत संयुक्त आयागको बैठकमा सहभागी हुन नेपाल आउन लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

नेपाल–भारत संयुक्त आयोगको बैठक आज र भोलि काठमाडौंमा बस्दै छ। बैठकमा दुई देशको आपसी हितका विविध विषयमा छलफल हुने कार्यसूचि तयार गरिएको छ।

भारतीय विदेशमन्त्री जयशंकरले आजै प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्ने कार्यक्रम तय गरिएको छ। उनी दिउसो २ बजे प्रधानमन्त्री ओलीलाई भेट्ने जनाएको छ।

दुई दिने नेपाल बसाइका क्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारीलाई पनि भेट्ने कार्यक्रम तय गरिएको छ। उनले भोलि बिहान १० बजे राष्ट्रपतिलाई भेट्नेछन्।

प्रकाशित मिति: १०:१७ बजे, बुधबार, भदौ ४, २०७६