Kathmandu Press

एमाले महाधिवेशनः प्रचारप्रसारका लागि मोटरसाइकल र्‍याली

चितवन, मंसिर ७ : नेकपा (एमाले)को दशौँ राष्ट्रिय महाधिवेशनको प्रचारप्रसारका लागि आज यहाँ मोटरसाइकल र्‍याली गरिएको छ। युवा सङ्घ नेपाल चितवनको आयोजनामा गरिएको र्‍यालीमा...
एमाले महाधिवेशनः प्रचारप्रसारका लागि मोटरसाइकल र्‍याली

चितवन, मंसिर ७ : नेकपा (एमाले)को दशौँ राष्ट्रिय महाधिवेशनको प्रचारप्रसारका लागि आज यहाँ मोटरसाइकल र्‍याली गरिएको छ। 

युवा सङ्घ नेपाल चितवनको आयोजनामा गरिएको र्‍यालीमा दुई हजार बढी मोटरसाइकल सहभागी भएको आयोजकले जनाएको छ।

Hardik ivf

जिल्लाको विभिन्न पालिकाबाट मोटरसाइलकसहित आएका युवा एमालेको महाधिवेशन उद्घाटनस्थल नारायणी नदी किनारमा जम्मा भएर र्‍यालीमा सहभागी भएका थिए। नारायणी नदी किनारबाट सुरु भएको मोटरसाइकल र्‍यालीले भरतपुर महानगरपालिकाको विभिन्न भागको परिक्रमा गरेको थियो। एमाले महाधिवेशन प्रचारप्रसारको गीत बजाउँदै नारायणी नदी किनारबाट सुरु भएको र्‍याली नारायणगढको मेनरोड, पोखरा बसपार्क, आँपटारी, बाइपास सडक हुँदै केन्द्रीय बस टर्मिनल, चौबीसकोठी, लायन्सचोक, शहीदचोक, पुलचोक हुँदै पुनः महाधिवेशन उद्घाटनस्थल नारायणी नदी किनारमा पुगेर समापन भएको थियो।
 
युवा सङ्घ नेपाल चितवनका संयोजक सुशील केसीले आगामी मङ्सिर १० गते नारायणगढको नारायणी नदी किनारमा हुने एमाले महाधिवेशनको उद्घाटनमा व्यापक जनसहभागिता जुटाउने उद्देश्यले मोटरसाइकल र्‍यालीको आयोजना गरिएको बताए।भरतपुरसँगै जिल्लाका अन्य पालिकामा समेत महाधिवेशनको प्रचार गर्दै मोटरसाइकल र्‍याली निकालिएको केसीको भनाइ छ।

नेकपा एमालेको केन्द्रीय निर्देशनानुसार आज नवलपुर, मकवानपुरसहित देशका मुख्य सहरमा युवा सङ्घले मोटरसाइकल र्‍याली निकालेको जनाइएको छ। महाधिवेशन मङ्सिर १२ गतेसम्म चल्ने छ।

प्रकाशित मिति: १८:२० बजे, मंगलबार, मंसिर ७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्