Kathmandu Press

युवा नेता बस्नेतद्वारा सचिव पदमा उम्मेदवारी घोषणा

काठमाडाैं, मंसिर ७ : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का युवा नेता महेश बस्नेतले पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनमा केन्द्रीय कमिटीको सचिव पदमा उम्मेदवारी दिने घोषणा...
युवा नेता बस्नेतद्वारा सचिव पदमा उम्मेदवारी घोषणा

काठमाडाैं, मंसिर ७ : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का युवा नेता महेश बस्नेतले पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनमा केन्द्रीय कमिटीको सचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।

रिपोर्टस क्लबद्वारा आज आयोजित कार्यक्रममा नेता बस्नेतले राष्ट्रिय स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, एकता, स्वाधीनता, स्वाभिमान र समृद्धिका लागि समग्र राजनीतिलाई दिशा दिन आफूले उम्मेदवारी दिन लागेको जानकारी दिए।

Hardik ivf

यही मङ्सिर १० गतेदेखि १२ गतेसम्म चितवनमा हुने अधिवेशनमा नेता बस्नेतले संविधानले आत्मसात् गरेको समाजवादोन्मुख प्रणालीको प्राप्तिका लागि आफू क्रियाशील रहने प्रतिबद्धता व्यक्त गरे। पार्टीको वैचारिक, राजनीतिक र नीतिगत धरातललाई अझ स्पष्ट र समयसापेक्ष बनाउनुका साथै आन्तरिक एकतालाई सुदृढ तुल्याउँदै पद्धति सङ्गत सञ्चालनमा नेतृत्व प्रदान गर्ने बताउँदै नेता बस्नेतले आफूलाई सहयोग गर्न पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गरे। नेता बस्नेतले विगतमा सङ्गठन निर्माणमा आफूले गरेको योगदानस्वरूप अधिवेशनमा देशभरबाट सहभागी हुने प्रतिनिधिबाट मत प्राप्त हुने विश्वास गर्दै आफूले लोकप्रिय मत हासिल गर्ने जिकिर गरे।

राष्ट्रिय एकता तथा बामपन्थी पार्टी र समूहहरु बीचको एकता तथा पारस्परिक समझदारीमा अभिवृद्धि गरी राष्ट्रिय राजनीतिलाई देश र जनताको सर्वोपरि हितमा केन्द्रित गर्नेलगायत विषयमा आफूले भूमिका निर्वाह गर्ने उनले बताए।

प्रकाशित मिति: १८:१७ बजे, मंगलबार, मंसिर ७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्