Kathmandu Press

बोर्डले खुलायाे कक्षा ११ का विद्यार्थीकाे रजिस्ट्रेसन आवेदन फाराम

काठमाडौं, मंसिर ७ : राष्ट्रिय परीक्षा बोर्डले शैक्षिक सत्र २०७८-७९ मा कक्षा ११ मा भर्ना भएका विद्यार्थीका लागि रजिष्ट्रेसन आवेदन फाराम खुलाएको छ।  परीक्षा...
बोर्डले खुलायाे कक्षा ११ का विद्यार्थीकाे रजिस्ट्रेसन आवेदन फाराम

काठमाडौं, मंसिर ७ : राष्ट्रिय परीक्षा बोर्डले शैक्षिक सत्र २०७८-७९ मा कक्षा ११ मा भर्ना भएका विद्यार्थीका लागि रजिष्ट्रेसन आवेदन फाराम खुलाएको छ।  

परीक्षा नियन्त्रकद्वारा जारी सूचनामा आगामी पुस २१ गतेसम्म आवेदन फारामबापतको रकम बुझाइ सक्नुपर्ने उल्लेख छ।

Hardik ivf

बोर्डले ४ सय फाराम शुल्क तोकेको छ। दोब्बर शुल्क तिरेर पुस मसान्तसम्म फराम बुझाउन सक्ने जनाइएको छ।

बोर्डको सम्बन्धित कार्यालयमा विद्यालयले माघ ७ भित्र बैंक भौचर र रजिष्ट्रेसन बुझाइ सक्नुपर्ने सूचनामा उल्लेख छ।

कक्षा ११ को नयाँ पाठ्यक्रमअनुसारको विषय समूह, विषय कोडअनुरुप एक समूहबाट एक विषय  मात्र अध्ययन गर्ने गरी फाराम भर्ने व्यवस्था मिलाउन निर्देशन दिइएको छ ।

फारामका साथ प्रधानाध्यापकबाट प्रमाणित एसईईको ग्रेटसिटको प्रतिलिपि पनि साथै समावेश गर्नुपर्ने सूचनामा उल्लेख छ।

प्रकाशित मिति: १७:४१ बजे, मंगलबार, मंसिर ७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्